Logo

आजदेखि धनकुटा महोत्सव

धनकुटामा आज (शुक्रबार) देखि १६ माघसम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं एभोकाडो तथा धनकुटा महोत्सव हुने भएको छ ।

आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा सदरमुकाममा रहेको आयोजनास्थल तल्लोटुंडिखेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदर्शनीको तयारी पूरा भएको जानकारी गराएको हो । ‘कृषि पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार उद्योगर व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ हुन लागेको महोत्सवको तयारीबारे जानकारी गराइएको थियो ।

महोत्सवले धनकुटासहित प्रदेश १ कै एनटीआईएसमा समावेश भएका कृषिजन्य वस्तुको प्रचारप्रसार यस प्रदेशको ऐतिहासिक, संस्कृतिक परम्परा तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार तथा प्रवर्द्धन गर्नेछ । साथै साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको बजारीकरण अन्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास आयोजक संस्था उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्