सिजी नेटले सार्वजनिक गर्यो पोस्टपेड इन्टरनेट अफर

सिजी नेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत १ हजार ४९ रुपैयाँमा २५० एमबिपिएस इन्टरनेट र १ हजार १५४ रुपैयाँ प्रति महिनामा २५० एमबिपिएस र आइपिटिभी प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन् । ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सिजी नेटले यो नयाँ पोस्टपेड योजना ल्याएको हो ।
‘पहिले सेवा पछि पैसा’ को अवधारणाले सुरू गरिएको यस योजनाले ग्राहकलाई इन्टरनेट प्रयोग गरे पछि भुक्तानी गर्ने विशेष सेवा दिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो छ । जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ ।
साथै, फिर्ता गरिने गरी २ हजार ५०० रुपैयाँको धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने कम्पनीले बताएको छ ।