ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच सम्झौता

ग्लोबल आइएमई बैंक र राजधानी डेरी प्रालिबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार, बैंकले राजधानी डेरीको सिफारिसमा काभ्रेको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ । कृषि व्यवसाय गरिरहेका ग्रामीण क्षेत्रका कृषकलाई उद्यमी बनाउन पुँजी लगायत प्राविधिक सीप विकास गर्न यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साथै, दुग्ध व्यवसायको माध्यमबाट कृषकलाई उत्पादनसँग जोड्न, थप रोजगारी सिर्जना गर्न र स्वरोजगारी बनाउन यसले सहयोग पुग्नेछ । बैंकले समय-समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याई आफ्ना ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।