एनएमबि बैंकले घोषणा गर्‍यो लाभांश «

एनएमबि बैंकले घोषणा गर्‍यो लाभांश

एनएमबि बैंकले आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ रहेको छ ।

सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो । बैंकले गत वर्ष भने १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्षको तुलनामा बैंकले लाभांश दर घटाएको छ भने नगद लाभांशमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्