सिटी एक्सप्रेसको मेगा बम्पर उपहार विजेता बने रायमाझीले «

सिटी एक्सप्रेसको मेगा बम्पर उपहार विजेता बने रायमाझीले

सिटी एक्सप्रेस मनी ट्रान्सफरको मेगा बम्पर उपहारका विजेता जीवन रायमाझीले पाँच तोला सुन जितका छन् । विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा साउदी अरबबाट रेमिट्यान्स पठाउने रायमाझीले पाँच तोला सुन जितेका हुन् ।
सिटी एक्सप्रेसले दसैं–तिहारलाई लक्षित गरी ‘विदेशबाट सिटी आयो, दसैं–तिहारलाई गोल्डेन बनायो’ अफर ल्याएको थियो । विदेशबाट सिटी एक्सप्रेसमा रेमिट्यान्स पठाउँदा एकजनाले मेगा बम्पर उपहारमा पाँच तोला सुन जित्ने अफर थियो ।
यो योजना गएको १५ भदौदेखि ६३ दिनसम्म लागु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्