अग्नि पीडितलाई सहयोग

आगलागीबाट पीडित भएका उद्योगी व्यवसायीलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ ।
संघले पीडितलाई ५ लाख २३ हजार ५ सय ६३ रुपैयाँ सहयोग गरेको हो । आगलागीबाट पीडित ३ जनालाई सहयोग गरिएको संघले जनाएको छ । संघले व्यवसायी सुरक्षित कोषबाट ३ लाख र कार्यसमितिबाट संकलित सो रकम पीडितलाई सहयोग गरेको हो ।
७ कात्तिकमा आगलागीबाट घोराही उपमहानगरपालिका–१५ उमेश मार्गमा रहेका चार वटा फर्निचर उद्योगमा आगलागी हुँदा फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएका थिए । आगलागीबाट कराडौंको क्षति भएको थियो ।