Logo

बागमतीमा डेंगु संक्रमितको संख्या ३३ हजार नाघ्यो

बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगुु संक्रमणबाट बिरामीको संख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो संख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।
बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगुु संक्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्याङ्कमा जनाइएको छ ।
काठमाडौँमा १३ हजार दुई सय जनामा डेंगु संक्रमण भएका छन् भने रसुवामा आठ जनामा रोग पुष्टि भएको हो । यसैगरी ललितपुरमा नौ हजार दुई सय, मकवानपुरमा चार हजार छ सय ६९, भक्तपुरमा तीन हजार ६०, चितवनमा एक हजार आठ सय ५०, धादिङमा आठ सय ६० काभे्रपलाञ्चोकमा चार सय ८०, रामेछापमा एक सय ६८, सिन्धुपाल्चोकमा एक सय ६५, नुवाकोटमा एक सय ६८, सिन्धुलीमा एक सय ३३ तथा दोलखामा ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको बताइएको छ । यस्तै प्रदेशमा डेंगुबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्