महासंघको अध्यक्षमा कर्माचार्य, महासचिवमा सिटौला निर्वाचित «

महासंघको अध्यक्षमा कर्माचार्य, महासचिवमा सिटौला निर्वाचित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य विजयी भएका छन् । शनिबार विहान सम्पन्न मतगणनामा डोलनाथ खनाललाई २६७ मतान्तरले पराजित गर्दै कर्माचार्य आगामी ३ वर्सो कार्यकालका लागि महासंघको अध्यक्षमा निर्वाचित भएका हुन् । कर्माचार्यले ९ सय ८७ मत प्राप्त गर्दा खनालले ७ सय ८ मत मात्र पाए । त्यस्तै महासंघको महासचिवमा पुण्यप्रसाद सिटौला (सरोज) पुनः निर्वाचित भएका छन् । निवर्तमान कार्यसमितमा पनि सिटौला महासचिव नै थिए ।
कमाचार्य प्रजातान्त्रिक यातायात व्यवसायी संघबाट अध्यक्षका उम्मेदवार थिए भने खनाल लोकतान्त्रिक समावेशी प्यानलबाट अध्यक्षको उम्मेदवार बनेका थिए । वरिष्ठ उपाध्यक्षमा दिपकप्रसाद अधिकारी, विजयबहादुर स्वाँर र हरिशरण केसी विजयी भएका छन् । अधिकारी खनाल प्यानलका हुन् भने स्वाँर र केसी कर्माचार्य प्यानलका हुन् ।
त्यस्तै उपाध्यक्षहरुमा पुष्पादेवी श्रेष्ठ, सानुकाजी प्रजापति, जितबहादुर भारती, रामप्रसाद सुवेदी, ऐनकुमार शाही, कृष्णप्रसाद सुवेदी, यादवलाल श्रेष्ठ र प्रभुप्रसाद कलवार बिजयी भएका हुन् । महासंघमा ७ जना उपाध्यक्ष हुने व्यवस्था रहेको छ । महासचिवमा खनाल प्यानलबाट उम्मेदवार रहेका सरोज सिटौला दोस्रोपटक बिजयी बन्न सफल भए । उनले १ हजार ४२ मत ल्याएर जित्दा कर्माचार्य प्यानलका भरत नेपाल ४ सय ८३ मत ल्याएर पराजित भएका हुन् । उपमहासचिवमा खनाल प्यानलका डेकनाथ गौत्तम र वसन्त भण्डारी विजयी हुँदा कर्माचार्य प्यानलका रबि रिमाल विजयी बने भने सचिवमा नन्दलाल श्रेष्ठ, शेखरनाथ सिटौला र सम्भुप्रसाद रिजाल विजयी भएका छन् । महासंघको शुक्रबारसम्पन्न मतदानमा एक हजार सात सय ८० मत खसेको थियो ।
अधिवेशनले अध्यक्ष, ३ जना वरिष्ठ उपाध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव, ३ जना उप–महासचिव, ३ जना सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्ष निर्वाचित गरेको छ । महासंघको विभिन्न १० वर्गिय संघठनहरुमा १० जना वर्गिय संयोजक र ७ जना प्रदेश संयोजक सहित ८३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । यसमा केही केन्द्रीय सदस्यहरु निर्वाचित अध्यक्षले मनोनयन गर्न पाउने व्यवस्था विधानमा गरिएको छ ।
नवनिर्वाचि अध्यक्ष कर्माचार्य यस अघि २०६८ सालमा महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए भने उनलाई नेपाल सरकारले २०७२ मा यातायात विज्ञको रुपमा नियुक्त गरेको थियो । महासंघलाई नयाँ सिराबाट अघि बढाउने नवनिर्वाचित पदाधिकारिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्