समाज रूपान्तरण र महिला सौन्दर्य

समाज रूपान्तरणसँगै सौन्दर्यको परिभाषा पनि रूपान्तरित हुँदै गएको छ । त्यसैले समाजमा सौन्दर्यको प्राचीन परिभाषामा परिवर्तन आएको छ । सुन्दरताका लागि महिला जुनसुकै खतरा पनि मोल्न तयार हुने गरेको पाइन्छ । त्यसैले सौन्दर्यको परिभाषामा परिवर्तन हुँदै आएको छ । सौन्दर्यका लागि मानिस जस्तोसुकै पनि जोखिम वहन गर्न तयार हुन्छ । सौन्दर्यका लागि उसले पछिल्ला समयमा हुने खतराप्रति उसको चिन्ता देखिन्न । आज समाजले प्राकृतिक सौन्दर्यलाई स्वीकार गर्न आनाकानी गर्दा पनि मानिसको कृत्रिम सौन्दर्यप्रति आकर्षण बढेको छ । यसले वैश्विक समाजले प्राकृतिक सौन्दर्यलाई भन्दा पनि कृत्रिम सौन्दर्यलाई बढी ध्यान दिन थालेको प्रतीत हुन्छ ।
विश्वका विभिन्न ग्रन्थमा लेखिएका र उल्लेख भएका नारी सौन्दर्यको चिरस्थायी परिभाषा अनैतिक देखिन्न । तर, हिजोआजको सौन्दर्यको परिभाषाले मानवजीवनलाई खतरा पुर्याउने हुँदा यो स्वास्थ्य र समाजका दृष्टिले समेत उपयुक्त देखिन्न । रसायनयुक्त सौन्दर्य प्रसाधनका कारण मानिसमा निकै समस्या देखिन थालेको छ । विभिन्न पहिरनले बढाउने श्रृंगारभन्दा रासायनिक प्रसाधन र औषधिको प्रयोगका कारण देखिने सौन्दर्यको असर दीर्घकालीन हुने भएकाले यसको प्रयोगमा सावधान रहनुपर्ने विभिन्न अनुसन्धानले देखाएको छ । हालै भएको वैज्ञानिक अध्ययनअनुसार जुन महिलाले सालमा चारपटक भन्दा रसायनयुक्त हेयर स्ट्रेटनर प्रयोग गरी कपाल सिधा गर्छन् तिनीहरूलाई गर्भाशयको क्यान्सरको सम्भावना बढी हुने देखिन्छ । काला जातिका महिलाले यसको बढी प्रयोग गरेका कारण उनीहरूमा यस प्रकारको समस्या देखिएको अध्ययनले देखाएको छ । काला जातिका महिलाहरू कपाल सीधा गर्न यसको प्रयोग अधिक मात्रामा गर्ने गर्छन् ।
त्यस्तै अध्ययनअनुसार हेयर स्टे«टनर वा स्थायी डाईबाट स्तन वा अण्डाशयको क्यान्सरकोे खतरा बढी हुने पनि अध्ययनले देखाएको छ । यसबाहेक नेल पालिस वा नेलपेन्ट रिमुभरजस्तो विशाक्त पदार्थका कारण स्वासप्रश्वासमा समस्या देखिएको पाइन्छ । त्यसबाट छाला रोग, दम, गर्भपतन, क्यान्सर आदिको खतरा रहन्छ । त्यस्तै छालालाई रंगीन गर्ने, छाला तन्काउने, चाउरीपना कम गर्न प्रयोग गरिने सौन्दर्य प्रसाधनले पनि मानव स्वास्थ्यमा असर पारेको देखिन्छ । त्यस्तै मानिसहरूले आफूलाई जवान, दुब्लोपातलो वा आकर्षक देखिन जुन औषधिहरूको प्रयोग गर्ने गरेका छन् त्यसले उनीहरूको स्वास्थ्यमा निकै असर पुर्याएको देखिन्छ ।
सौन्दर्य बढाउन मानिस जस्तोसुकै समस्या भोग्न वा पीडा सहन पनि तयार हुने गरेका कारण यसले कालान्तरमा स्वास्थ्यमा जटिल समस्या ननिम्त्याउला भन्न सकिन्न । राम्रो देखिनु भनेको शरीरको रंग र छाला राम्रो देखिनु मात्र होइन । राम्रो देखिनु भनेको तपाईं कुनै मोडल वा लाखौँमा एकजस्तो देखिनु मात्र होइन । जसको आफ्नो पहिचान होस्, जसको कुनै कुराका कारण कदर होस् । सबै कुरामा ऊ स्पष्ट रूपमा परिचित होस् । तर, त्यो हिजोआजका सेलिब्रेटी वा मोडलमा देखिन्न । कुनै पनि व्यक्तिको निजी गुणका कारण ऊ समाजमा सुन्दर देखियोस् ।
अमेरिकी समाजमा सन्ततिको लामो कपाल, गोरो रंग र दुब्लो वा पातलो शरीर हुनु सौन्दर्यको प्रतीक मानिन्छ । तर हिजोआज वैश्विक समाजमा विभिन्न प्रकारका प्रसाधन, पोसाक र श्रृंगारलाई सौन्दर्यका रूपमा लिन थालिएको छ । जसको प्रयोगका कारण उनीहरू आफ्नो प्राकृतिक स्वरूपलाई बिर्संदै छन् भने संस्कार र संस्कृतिलाई पनि भुल्दै गएका छन् ।
सौन्दर्यका बारेमा शास्त्रहरूमा गरेझैँ हिजोआज वर्णन गरेको पाइन्न । प्राकृतिक स्वरूपमा सौन्दर्यको प्रयोग हुनु आवश्यक देखिन्छ । सौन्दर्यप्रति सबैले गहन दृष्टिकोण राख्नु जरुरी छ । अमेरिकामा मार्चमा हाउस अफ रिप्रेजेन्टिटिभ्समा एउटा विधेयक पेस भएको थियो केशविन्याससम्बन्धी, जसले त्यहाँ जातीय वा नश्लप्रति भेदभाव कायम हुने स्पष्ट देखिन्छ । त्यसको विपक्षमा सांसद लारेन बोबर्टले मतदान गरेका थिए । जसलाई ब्याड हेयर विधेयकको संज्ञा दिइएको छ, जसलाई राष्ट्रपति जो वाइडनले हस्ताक्षर गर्ने संकेत दिएका छन्, जुन सिनेटबाट पारित हुन बाँकी छ । सौन्दर्यका कारण खास किसिमको व्यक्ति अधिक सुन्दर, सक्षम र महŒवपूर्ण देखिन्छन् । सौन्दर्यको लालसामा मानिस आफ्नो सांस्कृतिक–प्राकृतिक स्वरूपलाई बदल्न पुगेका छन् । समाजले यदि प्राकृतिक सौन्दर्यको स्वीकार गर्ने हो भने मानिसले आफ्नो मूल स्वरूपलाई छेडछाड गर्न पनि बन्द गर्नुपर्छ । प्रकृतिप्रदत्त सौन्दर्यलाई तोडमोड गर्दै कृत्रिम सौन्दर्य कायम भएको छ जुन शारीरिक, मानसिक एवम् सामाजिक दृष्टिले समेत उपयुक्त मानिन्न । त्यसैले हरेक मानिसले आफ्नो प्राकृतिक सौन्दर्य कायम गर्नतर्फ ध्यान दिनुपर्ने देखिन्छ । विश्वव्यापी महामारी वा रोगको सन्त्रास एकातिर छँदै छ भने अर्कातिर सौन्दर्यका रूपमा शरीरभित्र किन रोग्न पालेर बस्ने ? त्यसैले हामीले बाहिरीभन्दा आन्तरिक सौन्दर्यलाई बढी महŒव दिने बानीको विकास गर्नुपर्ने देखिन्छ ।
—सरस्वती ढुङ्गाना