…अनि मात्र तिहार झिलिमिली भयो

शरद् ऋतु नेपालीहरूका लागि पर्व विशेष रहन्छ । यसै ऋतुमा दुई विशेष पर्व दसैँ र तिहार पर्छन् । दसैँमा शाक्त परम्पराअनुरूप शक्ति आर्जनका लागि देवी दुर्गाको पूजाआराधना गरिन्छ भने तिहार अर्थात् यमपञ्चकमा केही देवीदेउता, दाजुभाइ तथा दिदीबहिनी र प्रतीकस्वरूप केही पशुको पूजाअर्चना गरिन्छ । यमपञ्चक कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्ममा पर्ने प्रत्येक पर्वसँग सम्बन्धित कथा छन् । कार्तिक कृष्ण त्रयोदशीलाई धनतेरस भनिन्छ । यस दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुवेरको पूजाअर्चना गरिन्छ, यही दिन अकालमा मृत्यु नहोस् भनी मृत्युका देवता यमराजलाई ‘दीपदान’ गरेर सुरु भएको यमपञ्चक कार्तिक शुक्ल द्वितीयामा भाइटीका लगाएर सकिन्छ । सोही अनुरूपको नेपालीहरूको महान् पर्व तिहार अर्थात दिपावली पर्व भर्खरै सकिएको छ । हिन्दू धर्मालम्वीहरूको महान् पर्व तिहार नेपालमा मात्र नभई विश्वका विभिन्न मुलुक, जहाँ नेपाली भाषीहरू रहेका छन्, त्यहाँ–त्यहाँ विभिन्न कार्यक्रमका साथ मनाउने प्रचलन छ । अर्को विशेष महŒव भनेको द्यौसीभैलोसमेतको कथा यस पर्वसँग गाँसिएको छ ।
दिपावली भन्नेबित्तिकै दीप प्रज्वलन गरी मनाइने हुँदा यो पर्वलाई झिलिमिली पर्वका रूपमा लिइने गरिन्छ । यसबाहेक विभिन्न रंग, जातका फूलहरूले आफ्नो घरको सजावटसमेत गरिन्छ । हरेक नेपालीको घरआँगनमा झिलिमिली बत्तीको सजावट र फूलका माला लगाइएको देखिन्छ । विगतका वर्षहरूमा हाम्रो मुलुकमा चरम ऊर्जा संकटको अवस्थामा नेपालीले हर्षोलासका साथ दीपावली मनाउन पाएकै थिएनन् । आजभन्दा पाचँ/छ वर्ष अगाडिसम्म आमनेपालीले दैनिक २४ घण्टामा १८ घण्टा त लोडसेडिङको मार खेप्नुपरेको थियो, तिहार पनि अन्धकारमा बित्ने गथ्र्यो । यो सोच्दा पनि आतस लाग्छ कि दैनिक २४ घण्टामा १८ घण्टा विद्युत्बिना बस्नुपर्छ । प्रविधिको जमानामा विद्युत् मानव जीवनमा नभई नहुने अत्यावश्यक वस्तु हो, जसको उपयोगबिना जीवन कल्पनासमेत गर्न सक्दैनौं । हरेक कार्यका लागि विद्युत्मा निर्भर रहनुपर्दा विद्युत्बिना निकै सास्ती खेप्नुपरेको अवस्था सर्वविदितै थियो । त्यस्तो अवस्थामा दीपावली मनाउनु भनेको अन्धकारमा रमाउनुको विकल्प थिएन ।
अहिले समय र अवस्था फेरिएको छ । मानिसहरूलाई आवश्यकताभन्दा बढी विद्युत् खपत गर्न प्राधिकरण अनुरोध गरेको छ । जसका कारण झिलिमिली पर्व ढुक्कका साथ मनाउन पाइरहेका छन् । यो झिलिमिली पर्व आजको अवस्थामा आइपुग्दा पनि अन्धकारमै मनाउनु सायद पथ्र्यो होला, यदि विद्युत् प्राधिकरणमा कार्यकारीका रूपमा कुलमान घिसिङले प्रवेश नपाएको भए । नेपाल विद्युत् प्राधिकरणमा पहिलो पटक कुलमान घिसिङ जब कार्यकारी प्रमुखका रूपमा नियुक्ति लिए, त्यसयता नेपालीले लोडसेडिङको मार खेप्नुपरेको छैन । मन्त्रालयस्तरबाटै विशेष टिमवर्कले कार्य गर्दा एउटा प्रभावकारी भूमिका कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने कार्यमा सफल भए जसमा जनताले पनि साथ दिए । अनावश्यक विद्युत् उपयोग नगर्न प्राधिकरणले निर्देशन गरेबमोजिम जनताका साथ दिए, त्यसैको प्रतिफल मान्नुपर्छ आज मुलुकमा लोडसेडिङको अन्त्य भएको छ र त आम नेपालीहरूले ढुक्कका साथ दीपावली, छठ, दसैं पर्व मनाउन सहज भएको छ ।