सरकारले शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने «

सरकारले शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताएका छन् ।
शंखधर साख्वाको योगदानलाई चीर बनाउनेहरुलाई कदर स्वरूप हरेक वर्ष तीन जना व्यक्तित्वहरुलाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने तयारी गरिरहेको मन्त्री श्रेष्ठले बताएका हुन् । बुधबार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शंखधर साख्वाको काम उजागर गर्ने कार्यमा सहयोग पुर्‍याउने व्यक्तिहरुलाई शंखधर साख्वाको नाममा सरकारको तर्फबाट तीन जनालाई हरेक वर्ष एक लाखको दरमा पुरस्कृत गर्ने कार्यक्रम सरकारले छलफल गरीरहेको बताए । उनले शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दु:खमा परेका मानवलाई सेवा गर्न प्रेरित हुने बता । मन्त्री श्रेष्ठले नेपाल संवत्लाई व्यवहारमा उतार्न सक्नुपर्ने बताए।
उनले भने, ‘यो सबै नेपालीहरुको लागि गौरवको विषय हो । यो संसारका लागि उदाहरणीय विषय हो । शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दु:खमा परेका मानवलाई सेवा गर्न प्रेरित गर्छ । नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुनुहुन्छ । यो नेपालीहरुको गौरवको विषय, संसारलाई उदाहरण दिने विषय दैनिक रुपमा व्यवहारमा ल्याउन सक्नुपर्छ । यो विषयमा कुराकानी भएको थियो । यसलाई कसरी वैज्ञानिक ढंगबाट व्यवहारमा ल्याउनसक्छौँ त्यसको बारेमा सोच्नुपर्छ । नेपाल संवतलाई कसरी व्यवहारिक बनाउने भन्नेबारेमा छलफल भइरहेको छ । यसलाई कसरी सरल बनाउने भन्ने बारेमा छलफल भएको छ । मन्त्रायबाट म त्यो प्रक्रिया अघि बढाउनेछु । शंखधर साख्वाको योगदानलाई चीर बनाउने र राष्ट्रिय पुरस्कारको घोषणा गर्ने प्रक्रिया पनि अघि बढीसकेको छ । शंखधर साख्वाको काम उजागर गर्ने कार्यमा सहयोग पुर्‍याउने व्यक्तिहरुलाई शंखधर साख्वाको नाममा सरकारको तर्फबाट तीन जनालाई हरेक वर्ष एक लाखको दरमा पुरस्कृत गर्ने कार्यक्रम अघि बढेको छ ।’
मन्त्री श्रेष्ठले उपत्यकाको पर्यटन विकास संस्कृति र सम्पदाको विकास गरेर नै सम्भव रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्