डब्लुटीओ चेयर प्रोग्राममा छनोट भयो कुसोम
विश्व व्यापार संगठनबाट अपेक्षित लाभ लिन सकिएन

नेपालमा तीन महत्वपूर्ण क्षेत्रमा काम गर्ने गरी डब्लुटीओ चेयर प्रोग्राम (डब्लुसीपी) मा काठमाडौं विश्वविद्यालय अन्तर्गतको युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) छनोट भएको छ ।
डब्ल्युसीपीद्वारा परिकल्पना गरिएका गतिविधिमा पाठ्यक्रम विकास र शिक्षण, अनुसन्धान र क्षमता निर्माण र आउटरिच रहेका छन् । विश्वभरका १ सय २० आवेदकमध्ये छनोट भएका १७ संस्थामध्ये कुसम पनि छनोट भइ सोमबार यस कार्यक्रमको औपचारिक शुभारम्भ भएको छ । यो तस्रो चरणको डब्लुटीओ चेयर प्र्रोगाम हो ।
बहुपक्षीय व्यापार प्रणालीमा आफ्ना सदस्यहरूको पूर्ण सहभागितालाई सहज बनाउने लक्ष्यका साथ डब्लूटीओले विकासोन्मुख राष्ट्रहरूमा शैक्षिक संस्थालाई वित्तीय र प्राविधिक सहायता प्रदान गर्दछ । यसका माध्यमले ती मुलुकले अन्तर्राष्ट्रिय व्यापार कानून र अर्थशास्त्रको ज्ञान बढाउन सकुन् भन्ने उद्देश्य रहेको छ ।
चार वर्षसम्म चल्ने यस कार्यक्रमको नेपालबाट काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. अच्युत बाग्लेले सहअध्यक्षता गर्नेछन् । डब्लुसीपीले शैक्षिक संस्थाहरूलाई विकासमा आर्थिक र प्राविधिक सहायता प्रदान गर्नेछ । राष्ट्रहरूले अन्तर्राष्ट्रिय व्यापार कानून र अर्थशास्त्रको आफ्नो ज्ञान बढाउन पनि सहयोग गर्ने उनले जानकारी दिए । डब्लुसिपी–नेपालका सहअध्यक्ष तथा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा वाग्लेले काठमाडौं विश्वविद्यालयले तीनवटै प्रमुख स्तम्भमा उत्कृष्ट उपलब्ध गर्न प्रतिबद्ध रहेको बताए । भर्चूअल माध्यमबाट शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले यस कार्यक्रमले एउटा महत्वपूर्ण इंटा थपेको बताउँदै अन्तर्राष्ट्रिय व्यापारमा नेपालले सामना गर्नु परेको आपूर्ति तर्फको अवरोधलाई मुख्यतया सुधार गर्दै व्यापार तथा लगानी नीति तर्जुमा सहयोग पुग्ने बताए् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विश्व व्यापार संगठन (डब्लुटीओ) को प्रावधानहरू पालनामा नेपालले सधैं उत्कृष्टता हासिल गर्ने भएपनि यसबाट लाभ लिन नसकेको बताएका छन् । “नेपाल डब्लुटीओको प्रावधानहरू पालना गर्ने उत्कृष्ट सदस्य भइरहेको भएपनि हाम्रै छिमेकी मुलुकहरूबाट विभिन्न समयमा भएको नाकाबन्दीमा समेत कुनै पहल भएन्” गोल्छाले भने, “१८ वर्ष अगाडी जुन लक्ष्यसहित विश्व बजारमा नेपालको उपस्थिति हुने र व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने आशा अनुरुप हस्ताक्षर गरियो त्यसो हुन सकेन ।”
छिमेकी मुलुकहरूले आफ्ना मुलुकमा उत्पादन हुने विभिन्न वस्तुमा अनुदान दिने, निःशुल्क बिमा गरिदिने लगायतका काम गरेर उत्पादन सस्तो बनाएका छन् । “हामीले उत्पादनमा सहजीकरण गर्न अन्य देशले जसरी अनुदान दिन सकिएको छैन उत्पादन लागत बढि हुँदा विश्व बजारमा प्रतिस्पर्धी बन्न सकिएको छैन ।” डब्लुटीओको सदस्य राष्ट्र लिएको समयमा नेपालको आयात कुल गार्हस्थ्य उत्पादनको २८ प्रतिशत रहेकोमा हाल ३९ पुगेको, निर्यात ११ प्रतिशत रहेकोमा ५.२ प्रतिशतमा सीमित भएको बताए । यो अवधिमा आयात १२ गुणाले बढ्दा निर्यात भने मात्रै तीन गुणाले बढेकाले हनेपालले यो सदस्यताको उपदेयिता बारे सोच्नै पर्ने गरेका छन् ।
कार्यक्रममा विश्व व्यापार संगठनका उपमहानिर्देशक सियाङचेन झाङले विचारहरूको अधिक ज्ञान उत्पादनलाई बढावा दिने, अधिकतम प्रभावको लागि घरमा, क्षेत्र र क्षेत्रहरूमा साझेदारी र आदानप्रदान बहुपक्षीय फोरम बनाउन सक्ने बताए ।