गरिमा विकास बैंक र द हिमालयन ग्रिल बाई बाजेको रेष्टुरेन्टबीच सम्झौता

गरिमा विकास बैंक र ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेष्टुरेन्टबीच छुट दिनेबारे सम्झौता भएको छ ।
सो सम्झौतामा बैंकको बजारीकरण विभाग प्रमुख रमेश सिजाल र रेष्टुरेन्टका अध्यक्ष मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र अनुसार बैंकका डेविट कार्ड तथा मोबाइल बैकिङ प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौंको सामाखुशीमा रहेको ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेष्टुरेन्टबाट फुड एण्ड वेभरेजमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
गरिमा विकास बैंकले हाल नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।