नेपालीलाई स्वदेश फर्काने कोका–कोलाको अभियान «

नेपालीलाई स्वदेश फर्काने कोका–कोलाको अभियान

लगभग साढे ३० लाख नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर छन् । ती मध्य एकदमै थोरै मात्र हरेक वर्षको दसैंँमा घर आउन सक्छन् ।
कमजोर आर्थिक अवस्था र कोरोना कहरले धेरै नेपालीहरु घर फर्कन पाएनन् । विजयादशमी तथा दीपावलीको अवसर पारेर कोका–कोला नेपालले यस्तै नेपालीहरुलाई चाडबाड मनाउन घर फर्कने व्यवस्था गरेको जनाएको छ ।
सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जनालाई नेपाल ल्याएको थियो ।
वर्षौँदेखि चाहेर बल्ल–बल्ल पुरा भएको उनीहरुको कुवेतदेखि नेपालसम्मको यात्रा, नेपाल फर्किन पाउँदाको उनीहरुको हर्ष, लामो समयपछि आफ्नो परिवारसँग मिलन हुँदाको म्याजिकल पलहरुलाई कैद गरेर कोका–कोलाले एउटा भिडियो पनि बनाएको छ, जसलाई कोका–कोलाको युट्युब च्यानल र सामाजिक सञ्जालहरुमा हेर्न सकिन्छ ।
क्याम्पेनबारे कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कोका–कोला सम्बन्धहरुमा विश्वास गर्ने बताए । खास गरी यस्ता चाडबाडको समयमा सम्बन्धहरुलाई अझै नजिक बनाएर म्याजिक छर्न चाहेको उनको भनाइ थियो ।
सम्बन्ध उत्सव स्वादसँग क्याप्म्पेनको मुख्य उद्देश्य उपभोक्ताहरुलाई चाडपर्वको समयमा मीठा–मीठा परिकारहरुसँगै आफ्नो आफन्तजनहरुसँग समय बिताउन र सम्बन्ध मजबुत बनाउनको लागि अभिप्रेरित गर्ने रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्