Logo

नेपाली दोस्रो सिमेन्टले गर्‍यो निकासी

सरकारले निर्यातमा ८ प्रतिशत अनदान दिने व्यवस्था गरेसँगै नेपाली सिमेन्टले निकासि गर्ने थालेका छन् । यस अघि पाल्पा सिमेन्टले गरेको थियो भने हाल अर्घाखाँची सिमेन्टले निकासि गरेको हो। निर्यात अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि–२०७९ दोश्रो संशोधनले नेपाली सिमेन्ट उद्योगहरू निकासिका लागि प्रत्साहित भएका छन् । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा सिमेन्ट निर्यातमा नगद अनुदान दिने व्यवस्था गरेको थियो ।
दोश्रो पटक अर्घाखाँची सिमेन्टले निकासि गरेको हो भने यसअघि असारको अन्तिम साता पहिलोपटक पाल्पा सिमेन्टले निकासीको सुरुवात गरेको थियो । सोमबारबाट भने अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादनको औपचारिक निर्यातको थालनी गरेको हो । सरकारले निर्यात अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि–२०७९ दोस्रो संशोधन गरेर सूचीकृत वस्तु मध्यबाट ५० करोडको माथिको निर्यात गरेको हकमा ८ प्रतिशत निर्यात अनुदान प्राप्त गर्ने व्यवस्था गरेको छ ।
कम्पनीले रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा १४०० बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पिपिसी) सिमेन्ट निर्यात गरेको हो । कम्पनीका अनुसार भारतको नौतनवा, महाराजगंजस्थित शिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादन खरिद गरेको जनाएको छ ।
भारतका सीमावर्ती क्षेत्रमा नेपाली सिमेन्ट निर्यात सुरु भएको छ भने निकट भविष्यमै यसको दायरा बढाएर मुख्य सहर आसपासम्म पुर्‍याई विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य समेन्ट उद्योगीहरूको छ ।
व्यापार घाटा दिनप्रतिदिन बढिरहेको बेला सिमेन्ट निर्यातमा थालिएको यो कदमले सकारात्मक नेपाली उद्योगहरूले निकासिको सन्देश दिएको ब्यापार विज्ञ रविशंकर सैंजूको भनाई छ । उनले भने, “भारतबाट कोइला आयतमा वृद्धि गरी भारतीय बजारमा प्रतिस्पर्धा गर्न सकेको खण्डमा बन नेपाली सिमेन्ट थप थप निकासि हुने छ ।”

यसअघि आरएमसी समूहद्वारा सञ्चालित पाल्पा सिमेन्ट उद्योगले तानसेन सिमेन्ट भारत निर्यात सुरु गरेको थियो । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको यस उद्योगले असारमा मात्रै ३ हजार बोरा सिमेन्ट निर्यात गरेको हो । उद्योगले सुनौली बजारदेखि गोरखपुरसम्म एक दर्जनभन्दा बढी डिलरमार्फत बिक्री सुरु गरेको थियो । पाल्पा सिमेन्टले मासिक डेढ लाख बोरा निर्यात गर्ने र पछि बजारीकरण गर्दै बढाएर लैजाने लक्ष्य लिएको छ ।
निर्यात अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि–२०७९ दोश्रो संसोधनले सेमेन्ट उद्योगहरूलाई निकासिमा उत्साहित नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । नेपाली सिमेन्ट गुणस्तिरिय रहेकाले गर्दा भारतीय बजारमा नेपाली सिमेन्टको मागमा वृद्धि हुने अध्यक्ष थापाको भनाइ छ । उनले भने, “ठूलो मूल्यको निकासीमा सरकारले निकासी अनुदान दिएको भएपनि सानो निकासि गर्नेहरूले पनि अनुदान प्राप्त गर्नु पर्ने वातावरण बनाउनु पर्छ ।” बजेटपछि दोश्रो पटक सिमेन्ट निकासीको बाटो खोलिएको छ यसले नेपाली सिमेन्टको उत्पादमा वृद्धि हुने थापाको भनाइ छ ।
सरकारले क्लिंकर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानी, सूचनाप्रविधिका सेवाहरूले तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवाहरू पहिचान गरी निर्यात गर्नेले ८ प्रतिशत निर्यात अनुदान दिने व्यवस्था गरेको छ । अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालका अनुसार भारतीय बजारतर्फको निकासीमा सकरात्मक रहेको बताए । उनले भने,“सरकारले प्रदान गरेको आठ प्रतिशत अनुदानले यो उपलब्धि सम्भव भएको हो । यसले भारतसँगको व्यापार घाटा कम गर्नमा सहयोग पुग्ने छ ।”
त्यसैगरी अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योग सुरु भएदेखि निर्यात गर्ने सपना पूरा भएको बताए । उनलेभने, “अब मेरो चाहना उद्योगले उत्पादन गर्ने अधिकांश सिमेन्ट भारत निकासी होस् भन्ने हो ।”
मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत क्षेत्रमा चुनढुंगा खानी छैन । त्यही बजार ‘क्यास’ गर्न भारत निर्यात थालिएको हो । यस अवसारलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकहरूले उपभोग गर्नुपर्नेमा पनि उनले जोड दिए । सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयात गर्ने वातावरण मिलाइदिनुपर्ने उनको आग्रह छ । भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट लिमिटेडको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आईएसआई) मार्क दिएपछि नेपालबाट दोस्रो सिमेन्ट निर्यात हुन थालेको हो ।
कम्पनीले ओपीसी, पीपीसी र क्लिंकर निर्यातका लागि आईएसआई मार्क पाइसकेको छ । जसअनुसार कम्पनीले आगामी दिनमा आफ्ना ओपिसी र क्लिंकर उत्पादनलाई पनि छिमेकी मुलुकका बजारमा निर्यात गर्ने योजना लिएको छ । सरकारले निकासीमा दिएको अनुदानसहित भारतीय बजारमा नेपाली सिमेन्ट ले प्रतिस्पर्धा गर्नु भने चुनैति रहेको र यसको लागि सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयातमा वृद्धिको बढाउनु पर्ने व्यापार विज्ञ सैंजूको भनाई ।
नेपाल राष्ट्र बैंकले गत वर्ष गरेको अध्ययनले पनि मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको देखाउँछ । मुलुकका ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार टन रहेको केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षमा अत्यधिक आयात बढेर सरकारले नियन्त्रणमुखी कदम चालिरहँदा सिमेन्ट उद्योगले प्रयोग गर्ने मुख्य कच्चा पदार्थ क्लिंकर आयातमा भने ऐतिहासिक रुपमै कमी आएको छ ।
व्यापार तथा निकासी केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा क्लिंकर आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९०.७ प्रतिशतले घटेको छ । केन्द्रका अनुसार चालू आवको वैशाखसम्ममा ३२ करोड १४ लाख ५८ हजार रुपैयाँ बराबरको ४७ हजार ८२६ टन क्लिंकर नेपाल भित्रिएको छ । यो आयातबाट मुलुकले १७ करोड १५ लाख २० हजार रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्