नारायणी अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले वीरगन्जस्थित नारायणी अस्पतालको भवन मर्मतका लागि ५५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
यसको समन्वय तथा सहजीकरण गैरनाफामुलक संस्था राउण्ड टेबल नेपालले गर्नेछ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्रबहादुर प्रधान र राउण्ड टेबल नेपालका नेशनल प्रेशिडेन्ट राहुल अग्रवालले गरेका छन् ।
सम्झौता कार्यक्रममा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक, प्रदेश प्रमुख, शाखा प्रमुख, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, संस्थाका नेशनल प्रेशिडेन्ट, नगर प्रमुख तथा स्थानिय उद्योगपति, व्यवसायिहरुको उपस्थिति रहेको थियो ।
बैंकबाट प्राप्त सहयोग रकम नारायणी अस्पतालको विरामीहरुका लागि निमार्णधिन भवनको सिभिल, फिनिसिङ्ग तथा थप संरचना बनाउने कार्यका लागि उपयोग गरिनेछ । यो सहयोगबाट विरामीलाई व्यवस्थित ढंगबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।