Logo

बुद्ध एयर २६औं वर्षमा प्रवेश

हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर २५ औं वर्षमा प्रवेश गरेको छ ।
११ सेप्टेम्बर १९९७ देखि नेपाली आकाशमा विधिवत् रूपमा हवाई उडान सुरु गरेको कम्पनीले मंगलबारदेखि आफ्नो हवाई उडान यात्राको सफलतापूर्वक २५ वर्ष पूरा गरेर २६औं वर्षमा प्रवेश गर्न लागेको हो ।
वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो २५ वर्षे यात्राका बारेमा जानकारी दिएको कम्पनीले सो अवधिमा २ लाख ६४ हजार ९१८ फ्लाइट मार्फत १ करोड ८० लाख भन्दा माथि सेवाग्राहीलाई उडान सेवा प्रदान गरिसको जनाएको छ ।
सुरुवाती चरणमा एउटा मात्र एयर क्राफ्टमार्फत डोमेस्टिक उडान सुरु गरेको कम्पनीले हाल ७२ सिटे एटीआर विमानसहित १६ वटा जहाजबाट ४३ वटा हवाई रुटमा सेवा प्रवाह गरिरहेको छ । हाल १५ भन्दा बढी उडान गन्तव्यमा सेवा विस्तार गर्न सफल भएको कम्पनीले बताएको छ ।
पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले २५ वर्षको यात्रामा विभिन्न उतारचढाव भोग्नुपरेको बताए । उनले नियमसम्मत रुपमा कम्पनी चल्नसके सफलता पाउन समस्या नहुने बताए । बस्नेतले वायुसेवा क्षेत्र टे«ड नभएर उद्योग भएको बताए । अझै नयाँ गन्तव्य र अवसरको खोजी भइरहेको भन्दै उनले आगामी दिनमा बुद्ध एयरलाई थप विश्वसनीय बनाउन मेहनतका साथ लागिरहने बताए । उनले रजत महोत्सवसँगै अबको यात्रा गोल्डेन तर्फको हुने बताए । बस्नेतले बुद्धले निकट भविष्यमा ३ एटीआर जहाज थप गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्