Logo

खोकनामा सिकाली जात्रा सुरु

ललितपुरको खोकनामा सिकाली जात्रा सुरु भएको छ । सिकाली चौंरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाउँछन् । दसंैको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्दछन् । हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिएको ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बताए ।
जात्रामा रुद्रायणीदेवीको मूर्ति खटमा राखेर नगरपरिक्रमा गर्ने गरिन्छ । भक्तजनहरूका लागि विभिन्न स्थानीय गुठीले नि:शुल्क प्रसादको रूपमा भोजन गराउने गर्दछन् । यो जात्रा दसैंको बेलामा सुरु हुने गर्दछ । जात्रामा स्थानीयले आफ्नो परम्परागत बाजागाजा बजाउने गर्दछन् । जात्राको व्यवस्थापन स्थानीय गुठीले गरेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्