हिमालयन बैंक र ट्राभल राइटबीच सम्झौता

हिमालयन बैंक र ट्राभल राइट प्रालि (भिस्तारा एयरलाइन्स) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बंैकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटी चेक इन सुविधा प्रदान गर्ने भएको छ ।
यस सम्झौता पत्रमा बंैकका तर्फबाट बंैकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभल राइट प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्ताक्षर गरेका छन् ।
हाल बैंकले नेपालभर ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटीएम र ६,००० भन्दा बढी पीओएस टर्मिनल्सहरुबाट सेवा प्रदान गर्दै आएको छ ।