इसेवाको दसै लक्षित उपहार योजना

इसेवाले दसैंको उपलक्ष्यमा ‘दसैंको उमंग, डिजिटल सपिङसँग’ उपहार योजना सार्वजनिक गरेको छ ।
दसैंको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दसैंको अवसर पारेर इसेवाले यस्तो योजना सार्वजनिक गरेको हो । यो योजना १० देखि २४ असोजसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । योजना अन्तर्गत इसेवा एपमा रहेको एक रुपैयाँ स्किममा भाग लिइ विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिने छ । इसेवा दसैं स्पेसलमा गई एक रुपैयाँमा भाग लिँदा एक जना भाग्यशाली विजेताले काठमाडौंदेखि नयाँ दिल्लीसम्मको हवाइ टिकट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी १ रुपैयाँमै दुई जना भाग्यशाली विजेताले रियलमी नाइन आई फाइभ जि मोबाइल प्राप्त गर्न सक्नेछन् भने २० जनाले इसेवाको प्रिभिलेज हेल्थ इन्स्योरेन्स् प्याकेज प्राप्त गर्न सक्नेछन् । १ रुपैयाँ अफरमा सहभागी भइ विजेता बन्न नसकेका व्यक्तिहरुको एक रुपैयाँ फिर्ता हुनेछ ।
यसैगरी प्रयोगकर्ताले इसेवामा दसैं अफर सेग्मेन्टमा गइ विशेष छुटमा टप ब्राण्डहरु सीजी, आइएनए सेन्टर, आइटीटीआइलगायतका ब्राण्डका मनपर्ने वस्तुहरु खरिद गर्न सकिन्छ। विशेष छुटमा रेफ्रिजेरेटर, ल्यापटप, वाशिङ्ग मेसिन, माइक्रोवेभ, इलेक्ट्रिक गिजर, हिटर, भ्याकुम क्लिनर, परफ्युमलगायत विभिन्न वस्तुहरु खरिद गरी मौकाको फाइदा उठाउन सकिनेछ ।
यसका साथै अफर अवधिभर अन्तर्राष्ट्रिय गन्तव्यको टिकट काट्दा एक जनाले काठमाडौ कतारको राउण्ड ट्रिप टिकट प्राप्त गर्न सक्नेछन् । यसैगरी इन्टरनेटको बिल तिर्ने प्रयोगकर्तामध्ये मध्ये हरेक दिन एक जनाले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् ।
यस्तै दराज डिस्काउन्ट भौचरमार्फत एक सय रुपैयाँदेखि एक हजार एकसयसम्मको खरिद गर्दा २५० रिवार्ड पोइन्ट, दुई सयदेखि २१ सयसम्म ५ सय, ५ सयदेखि ५१ सयसम्मको खरिदमा १२५० रिवार्डपोइन्ट पाउन सकिन्छ। यस अफर अन्तरगत इसेवा मार्फत क्यूआर गर्दा गोकर्ण रिसोर्टमा ५ प्रतिशत,क्लव हिमालयमा १० प्रतिशत, हाम्रो श्रृंगारमा ५ प्रतिशत,टिएस आरमाोराइमा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।