Logo

अमेरिकी राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट

नेपालका लागि अमेरकी राजदूत र्‍याण्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार बिदाई भेट गरेका छन् । राजदूत बेरीले बिहीबार शितल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन् ।
उक्त अवसरमा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । राजदूत बेरी आफ्नो कार्यकाल सकेर फिर्ता हुँदैछन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले राजदूत बेरीलाई नामिबियाको राजदूतमा सिफारिस गरेका छन् । बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट हुन् । बेरी फर्किएपछि नेपालमा अमेरिकी राजदूतका रुपमा डिन थम्सन आउने भएका छन् । अमेरिकी राष्ट्रपति बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्