जगदम्बा मोटर्सका तीन शोरुम उद्घाटन

नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले थप तीन वटा शोरुमको उद्घाटन गरेको छ ।
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्रकुमार अधिकारीको आतिथ्यतामा परासीको बर्दघाटमा फुटप्रिन्ट अटो हब प्रालि, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको आतिथ्यतामा काठमाडौंको कपनमा यूआर मोटर्स इन्टरप्राइज प्रालि, र जिल्ला उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको आतिथ्यतामा घोराहीमा नेबेल टे«डिङ गरी तीन शोरुम एकै दिन उद्घाटन गरिएको हो ।
जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो ।