Logo

एभरेष्ट बैंक र फोनपेबीच सम्झौता

एभरेष्ट बैंकका ग्राहकले एभरेष्ट बैंकको मोबाइल एप्स्मार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म छुट पाउने भएका छन् ।
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र एभरेष्ट बैंकका बिचमा ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा एभरेष्ट बैंकका डिजिटल बैकिङ प्रमुख शंकर पोखरेल र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट अफिसर लक्ष्मण महर्जनबीच हस्ताक्षर भएको छ । यो योजना ७ देखि १४ असोजसम्म र २ देखि ६ कात्तिकसम्म सञ्चालन हुने बताएको छ ।
दसैंमा किनमेल गर्न केही सुलभ होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको हो । फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित् गर्दै विभिन्न योजना सञ्चालन गर्दै आएको छ ।
यसैबीच फोनपेले दसैंलाई लक्षित् गर्दै ‘चाडवाडमा जीवन सहज बनाऔँ,नगद छाडौँ, फोनपे गरौं’ योजना सुरु गरेको छ ।
योजनाअन्तर्गत हरेक दिन फोनपे क्यूआर गर्ने,फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्न सकिनेछ । यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसुङ्गको फोन जित्न सकिनेछ ।
ग्राहकका लागि यो योजना ४ देखि १३ असोजसम्म लागू हुनेछ भने मर्चेन्टहरुले १२ कात्तिकसम्म हरेक दिन मोबाइल जित्न सकिनेछ ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् ।
यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्समार्फत फोनपेले सेवा पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्