कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्ने उवामहासंघको तयारी «

कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्ने उवामहासंघको तयारी

नेपाल उद्योग वाणिज्य महासंघद्वारा यूरोपियन यूनियन ब्रिटिस काउन्सिल, दक्षता परियोजना र आइएलओको सहयोगमा विभिन्न चार वटा क्षेत्रलाई समेटेर कार्यस्थलमा आधारित छोटो अवधिको तालिम कार्यक्रम सञ्चालन गरिने भएको छ ।
कृषि, पर्यटन, उत्पादनमुलक, पूर्वाधार क्षेत्रलाई समेटेर सञ्चालन हुने उक्त तालिम कार्यक्रमसँग जोडिएका महासंघका सदस्य वस्तुुगत संघहरु क्रमश: फुटवेयर म्यानुुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल, रेष्टुुरेन्ट एण्ड वार एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, नेपाल मत्स्य व्यवसायी संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ र नेपाल अलैची व्यवसायी महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ बीच कार्यक्रम कार्यान्वयन सम्बन्धी सम्झौतापत्रमा एक कार्यक्रमका बीच छुट्टाछुट्टै हस्ताक्षर भएको छ ।
चार महिनाको उक्त परियोजनामार्फत १ सय ५० जनालाई कार्यस्थलमै तालिम दिइने छ र तालिम पश्चात उनीहरुलाई रोजगारीमा समेत परिचालन गरिने छ । तालिम प्रदेश १ को झापा, मोरङ, सुनसरी र काठमाडौंमा सञ्चालन हुने छ । प्रदेश १ मा अदुवा, अलैंची तथा मत्य व्यवसाय र काठमाडौंमा उत्पादनमुलक (छाला जुत्ता) र पर्यटन (वेटर कुुक, एयर टिकटिङ र टुर प्रडक्ट डेभलपमेन्ट) सँग सम्बन्धित छोटो अवधिको कार्यस्थलमा आधारित तालिम सञ्चालन गरिने छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं महासंघको वस्तुुगत परिषदका सभापति अन्जन श्रेष्ठले दक्ष जनशक्ति अभाव भइरहेको अहिलेको समयमा महासंघ, आइएलओ र सदस्य वस्तुुगत संघहरुको संयुक्त सहकार्यमा हुने तालिम कार्यक्रमबाट दक्ष र सीपयुक्त जनशक्ति उत्पादन र आपूर्तिमा ठूलो सहयोग पुुग्ने बताए । तालिम कार्यक्रम सञ्चालन गर्न आइएलओबाट भएको सहयोगको प्रसंशा गर्दै श्रेष्ठले आगामी दिनमा पनि सीपयुक्त जनशक्ति विकासमा अझ बढी सहयोगको अपेक्षा गरेको बताए ।
उपाध्यक्ष श्रेष्ठले वार्षिक रुपमा ५ लाख युवा जनशक्ति रोजगारीका लागि श्रम बजारमा प्रवेश गर्ने र जसमध्ये करिव ७० प्रतिशत रोजगारीमा जाने गरेको र तीमध्ये अधिकांश अदक्ष र अर्धदक्ष नै जाने गरेको तथ्यांक प्रस्तुत गरे । उनले यो अवस्थालाई जतिसक्दो छिटो चिर्नु आवश्यक भएकाले जनशक्ति विकासको महासंघको अभियान यो कार्यक्रमले निकै ठूलो सहयोग पुर्‍याउने अपेक्षा रहेको बताए ।
आइएलओका नेशनल प्रोजेक्ट कोअर्डिनेटर शौरमराम जोशीले सीप विकासमा काम गर्ने धेरै संस्थाहरु भएपनि त्यसले राष्ट्रिय आवश्यकतालाई पूरा गर्न नसकिरहेको समस्यालाई सम्बोेधन गर्न आइएलओले महासंघसँग मिलेर यो कार्यक्रम ल्याएको बताए । सो कार्यक्रममा आवद्ध हुने महासंघका सदस्य वस्तुुगत संघहरुको तालिम कार्यक्रमलाई सफल पार्न ठूलो भूमिका रहने पनि उनले बताए ।
सीप, श्रम र मर्यादित रोजगारीका लागि आइएलओले सधैं जोड दिएको पनि उनले बताए । आगामी दिनमा महासंघसँग मिलेर अझ धेरै क्षेत्र र संख्यालाई समेटने गरी थप तालिम कार्यक्रममा पनि सहकार्य गर्न सकिने उनले बताए ।
परियोजनाका साझेदारी वस्तुुगत संघका पदाधिकारीहरुले परियोजनालाई सफल पार्ने कार्यमा प्रतिवद्धता जनाउँदै यो कार्यक्रमले वस्तुुगत संघहरुको संस्थागत विकासमा समेत सहयोग पुुग्ने विश्वास व्यक्त गरे ।
महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालले छोटो अवधिको यो तालिम कार्यक्रमबाट सम्बन्धित क्षेत्रमा आवश्यक जनशक्ति आपूर्तिमा ठूलो सहयोग गर्ने विश्वास प्रकट गर्दै आफ्नो समितिले सीप विकासका अन्य कार्यक्रमहरु पनि ल्याउन प्रयास गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्