पूर्वेली युवा क्लब बिर्तामोडद्वारा प्रहरीलाई साइकल प्रदान

चाडपर्व सुरु भएसँगै प्रहरीलाई सुरक्षा गस्ती गर्न सघाउ पुर्याउने उद्देश्यले पूर्वेली युवा क्लब बिर्तामोडले अस्थायी प्रहरी बिट बुट्टाबारीका प्रहरीलाई साइकल प्रदान गरेको छ ।
साइकललगायतका साधनको अभावमा सुरक्षा गस्ती गर्न अप्ठ्यारो भइरहेको अवस्थामा शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्याउने उद्देश्यले अस्थायी प्रहरी बिट बुट्टाबारीका प्रहरीलाई दुई थान साइकल प्रदान गरेको पूर्वेली युवा क्लब बिर्तामोडका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवर, कारोबारकर्मी तुलसीप्रसाद निरौला, पूर्वेली युवा क्लब बिर्तामोडका कार्यवहाक अध्यक्ष दिपेन चौधरी, संस्थापक अध्यक्ष सुरेश आले, निवर्तमान अध्यक्ष मनोज बुढाथोकी, उपाध्यक्षहरू कुशल खतिवडा, प्रकाश सुवेदी, सचिव दिवाकर प्रसाईं ,विकास वस्नेत, सल्लाहकार राजन श्रेष्ठ, राजेन्द्र उप्रेती, तरुण दल बिर्तामोड–५ का सभापति दिनेश चौधरीलगायतले अस्थायी प्रहरी बिट बुट्टाबारीकी प्रमुख प्रहरी सहायक निरीक्षक जानुका चौहानलाई साइकल हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कुँवरले शान्ति सुरक्षा प्रदान गर्ने दायित्व प्रहरीको भएकाले समुदायको सहयोगबाट मात्रै सो काम पूरा गर्न सकिने बताउँदै पूर्वेली युवा क्लवले गरेको कार्यको प्रशंसा गरे ।
पूर्वेली युवा क्लवले स्थापनाकाल देखिनै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको र क्लवको सामाजिक उत्तरदायित्वअन्तर्गत अस्थायी प्रहरी बिट बुट्टाबारीलाई साइकल प्रदान गरेको पूर्वेली युवा क्लबका अध्यक्ष रबिन श्रेष्ठले बताए ।