Logo

ढकाल र मुरारकासहित पाँच दर्जन व्यवसायीलाई पदक

सरकारले संविधान दिवसको अवसर पारेर ५ दर्जन भन्दा बढी उद्योगी तथा व्यवसायीलाई विभिन्न पदकबाट सम्मान गर्ने भएको छ । सोमबार प्रकाशित सूची अनुसार उद्योग व्यवसाय, वाणिज्य, बैंकिङ तथा सेवा क्षेत्रमा आवद्ध व्यवसायीलाई सम्मान गर्न लागिएको हो । सरकारले हरेक वर्ष वितरण गर्ने सम्मान पदकमा उद्योगी व्यवसायीहरुको संख्या उल्लेख हुने गरेको छ । यस वर्ष सरकारले सूची सार्वजनिक गरेका विभिन्न मान, पदवीबाट ९ सय ९८ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
मान, पदवी र सम्मान गर्न सरकारले ३१ भदौमा निर्णय गरेर पठाएको सूची राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको हो । सोमबार घोषणा गरी १ वैशाख अर्थात नयाँ वर्ष पारी गरिने सम्मानमा सुकीर्तिमय राष्ट्रदीपबाट उद्यमी चन्द्रप्रसाद ढकाल र पशुपति मुरारकालाई सम्मान गरीने भएको छ । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष हुन भने मुरारका पूर्व अध्यक्ष हुन् । त्यस्तै गरी नेपालरत्न पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र प्रसिद्ध जनसेवाश्री स्वर्गीय प्रभाकर शम्शेर जबरालाई दिने राष्ट्रपति कार्यालयद्वारा जारी सूचीमा उल्लेख छ ।
सुप्रबल जनसेवाश्रीबाट व्यवसायी कुशकुमार जोशी, कुसुम लामा, राजेशकुमार अग्रवाल, पर्यटन व्यवसायी राम थापा, रामबहादुर कोइरी सम्मानित हुने भएका छन् । यसैगरी शशिधर शर्मा, अरुणकुमार केसी, जगदीशप्रसाद अग्रवाल, गैरआवासीय नेपालीहरुको संगठनका अध्यक्ष कुल आचार्य, होटल व्यवसायी सृजना राणा छन् । कीर्तिमय राष्ट्रदीपबाट गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने पनि सम्मानित हुने भएका छन् ।
प्रवल जनसेवाश्रीबाट व्यवसायी सुशीलकुमार गोयन्का, यादव कुँवर, महेन्द्रकुमार श्रेष्ठ, सुनिलकुमार बंशल, कृषि उद्यमी खेमबहादुर केसी, भरतप्रसाद पराजुली, प्रभु एयरका विनोद थकाली, ओमकार गौचन, गोविन्दप्रसाद थपलिया, बटु लामिछाने, दीपेन्द्रकुमार कलवार सम्मानित हुने भएका छन् । पर्यटन व्यवसायी रामकुमार केसी, भीमप्रसाद घिमिरे, सीताराम उप्रेती, विज्ञापन व्यवसायी राजेन्द्रप्रसाद अर्याल, व्यवसायी सुरेन्द्रकुमार गोयल, चतुर्भुज अग्रवाल, नरेशप्रसाद श्रेष्ठ, खुमबहादुर सुवेदी, उमाशंकर अग्रवाल, अशोक कुमार वैद्य, प्रतापजंग पाण्डे, प्रेमकुमार श्रेष्ठ, प्रमोदकुमार अग्रवाल, गुणनिधि भण्डारी, दीपक कुँवर, सुरकृष्ण वैद्य, पवनकुमार अग्रवाल, डा. शान्तकुमार उपाध्याय, कुमुदकुमार दुगड, लक्ष्मी शर्मा र सरोजकुमार उपाध्याय पनि सम्मानित हुने भएका छन् ।
यसैगरी राष्ट्रदीपबाट कृषि उद्यमी नारायणप्रसाद पन्थ, दिनेश अधिकारी, गणेश कार्की, अटो व्यवसायी मिलनबाबु मल्ल, कृष्णमुराहरि अग्रवाल, जीवकान्त काफ्ले, ढकेश्वर घिमिरे, योगेश घिमिरे, सुमनविक्रम पाण्डे, मानसिंह साउद, मिङ्मा शेर्पा, अश्मिलाल भट्टराई, राजु कार्की, राजेन्द्रकुमार अग्रवाल सम्मानित हुने भएका छन् ।
विकास रत्न पदकबाट कृषि व्यवसायी कुलचन्द्र ज्ञवाली, व्यवसायीहरु विनायक शाह, मोहनराज ओझा, दिनेशकुमार महतो, बैंकर शिक्षा भट्टचन, व्यवसायी टीकाबहादुर श्रेष्ठ, आङगेल्बु शेर्पा, मनोजकुमार भारती, यमुना श्रेष्ठ, भुवन खराल र दीपक नेपाल सम्मानित हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्