Logo

सेयर बजारबारे जानकारी गराइने

अनलाइन सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ४९ ले धनकुटामा सेयर बजार र यसमा हुने कारोबारका बारे जानकारी दिने उद्देश्यले यही १ असोजमा लगानीलाई सुरक्षित बनाउने उद्देश्यका साथ ‘सुरक्षित लगानीका उपाय’ विषयक कार्यक्रम गर्ने भएको छ । अनलाइन सेक्युरीटिज लिमिटेड ब्रोकर नम्बर ४९ ले सेयर बजार र यसमा हुने कारोबारमा जनचेतना फैलाउँदै ‘सुरक्षित लगानीका उपाय’ विषयक कार्यक्रम गर्न लागेको हो । धनकुटामा मंगलबार पत्रकार सम्मेलन गर्दै लिमिटेडले सेयर कारोबार कसरी गर्ने, प्राथमिक बजार तथा दोस्रो बजारमा प्रवेश तथा लगानी कसरी गर्ने, कम्पनी छनोट, लगानी सुरक्षित गर्ने उपाय, अल्पकालीन कारोबार र दीर्घकालीन कारोबारका फाइदा तथा बेफाइदालगायतका विषयमा जानकारी दिन कार्यक्रम गर्न लागेको कम्पनीका धरान शाखा प्रमुख सुरज निरौलाले जानकारी दिए । सबैलाई सेयर कारोबार त्यसमा पनि पहाडी तथा ग्रामीण क्षेत्रका लगानीकर्तालाई समेत जानकारी दिनका लागि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम गर्न लागेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्