गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल «

अझै बनेन कार्गो भवनसम्म पुग्ने पहँुच मार्ग

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा निर्माण सम्पन्न भएको भन्सार गोदाम घर (कार्गो भवन) सम्म पुग्ने पहुँच मार्ग (सडक) तत्काल बनाउन नेपाल फ्रेड फरवार्ड एसोसियसनले माग गरेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट उडान सुचारु भएसँंगै यस विमानस्थल हँुदै निकासीको सम्भाव्यता अध्ययन तथा सरोकारवालासँग छलफलका लागि आएको नेपाल फ्रेड फरवार्ड एसोसिएसनका प्रतिनिधिले भन्सार तथा कार्गो भवनसम्म पहुँच मार्ग नबनेको हुँदा भविष्यमा समस्या पर्नसक्ने भएकाले तत्काल पहँुच मार्ग निर्माण गर्न माग गरेको हो । सरोकारवालासँग भएको छलफललगायतका विषयमा जानकारी दिन शनिबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले सो माग राखेका हुन् ।
“नयाँ भन्सार तथा कार्गो हाउससम्म विमानस्थलको धावनमार्ग हँुदै पहँुचमार्ग सुरुमै बनाउनु पर्ने थियो तर अहिलेसम्म बनेको छैन,” नेपाल फ्रेड फरवार्ड एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले भने । “अहिलेकै अवस्थामा त विमानस्थलबाट सामानहरू बाहिर ल्याएर लुम्बिनी सडक खन्ड हँुदै वनगार्इंमा रहेको कार्गो भवन लानुपर्ने देखियो तर यसरी कानुनत: मिल्दैन, त्यसैले भित्रैबाट पहिला नै बनाउनु पर्ने पहुँचमार्ग छिटोभन्दा छिटो बनाउन हामी नेपाल फ्रेड फरवार्ड एसोसियएन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माग गर्दछौं,” अध्यक्ष अधिकारीले भने ।
“ठूलो परिणाममा सामान विदेशबाट आए अथवा पठाउनु पर्‍यो भने अहिलेको अस्थामा कार्गो भवनले थेग्न सक्दैन, त्यसबेला नयाँ कार्गो भवन प्रयोग गर्नुपर्छ नयाँ भवनसम्म पुग्ने पहुँचमार्ग नहुँदा समस्या देखिएको छ,” अध्यक्ष अधिकारीले भने ।
विमानस्थलमा पूर्वाधार तयार भएर पनि प्रयोगविहीन अवस्था देखिएको संस्थाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौलाले बताए ।
नयाँ कार्गो भवनको क्षमता यहाँको उडान अवस्था हेरेर पाँच सय टन क्षमतासम्म भण्डारण हुनसक्ने रहेछ, यो ठिकै हो । तर प्रयोगमा ल्याउन पहुँचमार्ग नहुँदा अप्ठ्यारो छ । “अहिले पुरानो कार्गो भवनबाट काम भइरहेको रहेछ, तत्कालका लागि ठीक भए पनि भविष्यमा छिटोभन्दा छिटो पहँुचमार्ग बनाएर नयाँ कार्गो भवन सञ्चालन गर्नु पर्छ,” संग्रौलाले भने, “विमानस्थको सबै संरचना निर्माण सम्पन्न नहँुदै कसरी विमानस्थल पास भयो, अचम्मको विषय छ,” संग्रौलाले भने ।
पत्रकार सम्मेलनमा उनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हँुदै यस क्षेत्रमा भएका निकासीजन्य वस्तु यहींबाट पठाउन सके खर्च लागत पनि कम हुने भन्दै पठाउन सकिने वस्तु निक्र्याैल गर्दै अघि बढनु पर्नेमा जोड दिए । अहिले पनि यस क्षेत्रका कफि, जडिबुटी, कृषिजन्य वस्तु, हस्तकलाका सामान, चाउचाउ लगायतका खाद्य तथा औद्योगिक वस्तुहरू त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै जाने गरेकोमा ती वस्तुहरू भैरहवा विमानस्थल प्रयोग गरी पठाउन सके राम्रो हुने नेपाल फ्रेड फरवार्ड एसोसिएसनका महासचिव अशोक कपालीले बताए । “हाम्रो संस्था यो विमानस्थलबाट सामान निकासीका लागि के कस्तो सहयोग गर्नुपर्छ हामी तयार छौं, कपालीले भने ।”
अघिल्लो हप्तामात्रै यसै विमानस्थलबाट जजिरा एयरवेजको सामान निकासी गरेका राइजिंग स्टार कार्गोका सञ्चालक तथा नेपाल फ्रेड फरवार्ड एसोसिएसनका कोषाध्यक्ष हर ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफूले दुई टन कार्गो पठाएपछि नयाँ आयाम थपिएको र निकासीको सम्भावनाको ढोका खुलेको बताउँदै सबैले पहल गरे यस क्षेत्रका विशेषगरी कृषि उपज, दुग्धजन्य वस्तु जस्तै छुर्पी निकासीको सम्भावना रहेको बताए । ढकालले तत्काल नयाँ कार्गो भवन सञ्चालनका लागि पहँुचमार्ग बनाउन जोड दिए ।
भैरहवाको विमानस्थलबाट कार्गो आयात निर्यातका लागि आफूहरू पूर्णरूपमा तयार रहेको र बाँकी पूर्वाधारका काम छिटोभन्दा छिटो बन्नुपर्ने संस्थाका उपाध्यक्ष नरेश अग्रवालले बताए ।
अहिले जजिरा एयरवेजले हप्ताको तीन उडान भैरहवा कुबेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्