फर्निचर एक्स्पोमा कार्पेट र म्याट्रेसको धेरै खोजी «
Logo

फर्निचर एक्स्पोमा कार्पेट र म्याट्रेसको धेरै खोजी

राजधानीको भृकुटीमण्डपमा जारी आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा कार्पेट तथा म्याट्रेसमा अवलोकनकर्ताको विशेष रुची देखिएको छ । कार्पेट तथा म्याट्रेसमा मुलुक आत्मनिर्भर भइसकेको अवस्थामा यसको माग तथा खपत बढ्दै गर्दा उद्योगी व्यवसायी उत्साहित छन् ।
बिहीबारदेखि सुरु भएको एक्स्पोमा शनिबारसम्म ५१ हजारले अवलोकन गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । “अघिल्ला २ दिनमा २९ हजारले एक्स्पो अवलोकन गरेकोमा शनिबार २२ हजारले अवलोकन गरेका छन्,” इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने ।

जेन्सा कार्पेटमा आलोकनकर्ताको अधिक चासो
पछिल्लो समय नेपाली कार्पेट बजारमा उदाउँदै गरेको जेन्सा कार्पेटमा फर्निचर एक्स्पो अवलोकर्ताको विशेष रुची देखिएको छ । देशव्यापी सञ्जाल बनाएर आक्रामक रुपमा बजारमा ठुलो मात्रामा कार्पेट बिक्री गर्दै आएको जेन्साले गुणस्तर र मूल्यका कारण आफ्ना उत्पादन उपभोक्ताको रुचीमा परेको जनाएको छ । यही कारण एक्स्पोमा पनि जेन्सा कार्पेट भनेर सुनेकाहरु पनि सोधीखोजीका साथ आउने गरेको कार्पेट उद्योगका सञ्चालक आशिष अग्रवाल बताउँछन् ।
जेन्साले एक्स्पोका साथै बजारमा जाने अवलोकनकर्तालाई नन्हुवन अर्थात नबुनी तयार पारिएका कार्पेट उपलब्ध गराउनेछ । आफूहरुले उनेर बनाइने कार्पेटको उत्पादन नगरेका कारण नै गुणस्तरीय कार्पेट बनाउन सकेको जेन्सा कार्पेटको दाबी छ ।
एक्स्पोमा उत्पादन हेरेर निश्चित छुटमा कार्पेट उपलब्ध गराउँदै आएको जेन्साले अल्कालीन मात्र नभई दीर्घकालीन रुपमा सुपथ मूल्यमा कार्पेट उपलब्ध गराउने लक्ष्य राखेको छ । सञ्चालक अग्रवालका अनुसार एक्स्पोमा पाउने छुट मात्र नभई उपभोक्ताले अन्य ब्राण्डसँग प्रतिष्पर्धी कार्पेट सामान्य अवस्थामा पनि सुपथ मूल्यमा किन्न सक्छन् ।
उमेरले ३० वर्ष पुगेका अग्रवालले झण्डै ६ वर्षअघि आयातित कार्पेटका बजार अवस्था र स्वदेशमा भएका केही उद्योगको अवस्था देखेर भविष्य यसमा नै देखेका थिए । ५ वर्ष अघि सुरु भएको जेन्सा कोर्पेटको व्यावसायिक उत्पादन छोटो अवधिमा नै लोकप्रिय ब्राण्डका रुपमा स्थापित भइसकेको छ । जेन्सा कार्पेटले गुणस्तर र मूल्यका कारण नै सफल ब्राण्डका रुपमा स्थापित हुन सकेको अग्रवालको भनाइ छ ।
न्युन तथा मध्यमस्तरका उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेको जेन्साले प्रिमियम मूल्यका उत्पादन पनि तयार गर्दै आएको छ । सामान्य आयस्तर भएका ९० प्रतिशत जनसंख्यालाई लक्षित गरेर कम मूल्यमा गुणस्तरीय कार्पेट उत्पादन गर्दै आएको बताउने अग्रवाल आम उपभोक्ताको साथ बलियो हुनेमा विश्वास गर्छन् ।

१०० देखि १५० वर्गफिट क्षेत्रफलको एउटा कोठाका लागि न्युनतम ३ हजार रुपैयाँदेखि ४०० रुपैयाँमा जेन्सा कार्पेट राख्न सकिने अग्रवाल बताउँछन् । अहिलेको बजारमा यो मूल्य प्रतिष्पर्धी मात्र नभई सस्तो पर्न आउने उनको भनाइ छ ।
आशी इण्डष्ट्रिज प्रालिले रुपन्देहीको भैरहवामा रहेको कारखानाबाट दैनिक १० हजार वर्ग मिटर जेन्सा ब्राण्डका कार्पेट उत्पादन गर्दै आएको छ । उद्योगले २० हजार वर्गमिटरसम्म कार्पेट उत्पादन गर्न सक्छ । बजार बिस्तारको क्रममा रहेकाले आफ्नो उत्पादनको मात्रा पनि बिस्तार गर्दै जाने योजना जेन्सा कार्पेटको छ ।
जेन्साले कार्पेट उत्पादन पछिका सबै किसिमका गुणस्तर परीक्षण तथा ल्याब टेष्टहरु गरेर उत्पादन बजारमा पठाउने गरेको छ । अग्रवालका अनुसार कार्पेटको औषत आयुमा कति पटक घर्षण हुन्छ भन्ने आधारमा लाखौं पटक घोटेर, तन्काएर कार्पेटको आयुलाई धेरैभन्दा धेरै बढाउने गरिएको छ ।
दरबारमार्गस्थित शेर्पा मलमा रहेको कर्पोरेट कार्यालयबाट कार्पेटले आफ्ना व्यवसायिक योजनाहरु तय गरिरहेको छ । बजार सम्भाव्यताका आधारमा कार्पेटभन्दा बाहेकका उत्पादन थाल्ने तयारी कम्पनीले गरिरहेको छ ।

आरओकेका म्याट्रेसमा ३० प्रतिशतसम्म छुट
आरओके प्रोडक्ट इन्डष्ट्रिजले फर्निचर एक्स्पो अवलोकनकर्ताहरुलाई आफ्ना उत्पादनहरु २० देखि ३० प्रतिशत छुटमा उपलब्ध गराइरहेको छ । उद्योगले विभिन्न आकारमा म्याट्रेसहरु उत्पादन गर्दै आएको छ । उद्योगका प्रबन्ध निर्देशक विष्णुहरी लामिछानेले एक्स्पोमा आउने ग्राहकलाई आफ्ना उत्पादनहरुमा २० देखि ३० प्रतिशतसम्म छुट उपलब्ध गराइएको जानकारी दिए ।
आरओकेका म्याट्रेसहरु स्टल नं २ र ३ मा राखिएका छन् । आरओकेले विशेषगरी नरिवलको जुट, पि फम, पोकेट स्परिङ्, बण्डेड फमका म्याट्रेसहरु उत्पादन गर्दै आएको छ । उद्योगले पछिल्लो पटक नेचुरुल फम म्याट्रेस बजारमा ल्याएको छ । उपभोक्ताको आवश्यकता र माग अनुसार सानोदेखि ठूलो, हरेक आकारका म्याट्रेसहरु उत्पादन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्