Logo

प्रचण्डले उद्घाटन गर्ने तयारी

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको महाधिवेशन पोखरामा हुने

अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ । यही भदौ २४ र २५ गते पहिलो महाधिवेशन पोखरामा गर्न लागिएको महासंघले आज पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
महाधिवेशनमा देशैभरिबाट गरी ५ सय प्रतिनिधि र पर्यवेक्षक २५ जना गरी ५ सय ७५ जना प्रतिनिधि र पर्यवेक्षकको सहहभागिता रहने महासंघका अध्यक्ष डा कृष्णसागर पौडेलले जानकारी दिए । पोखराको जिरोकिमीस्थित गोल्डेन हाउस पार्टी प्यालेसमा कार्यक्रम हुनेछ ।
देशका सातै प्रदेशअन्तर्गतका ७७ जिल्ला र अधिकांश पालिकाहरूमा महासंघ र महासंघ अन्तर्गतका घटक संगठनहरू क्रियाशील रहेको बताइन्छ ।
पोखरामा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ । यसैगरी स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपायहरू,समाजवादउन्मुख स्वास्थ्य नीति,स्वास्थ्य क्षेत्रको विकास एवं स्वास्थ्यकर्मीहरूका पेशागत अधिकार बारे महाधिवशेनमा गहन छलफल गरी कार्यान्वयनका लागि सवल र सक्षम नेतृत्व चयन गरिने अध्यक्ष पौडेलले बताए ।
विसं २०६३ मा स्थापना भएको संगठन विसं २०६५ मा महासंघमा परिवर्तन हुँदै आफ्ना कार्यक्रममहरू बढाइरहेको र महासंघमा देशभर गरी ५० हजार संगठित सदस्यहरू आबद्ध रहेको महासंघका नेता सागर लुइँटेलले बताए ।
नेपाल सरकारको कार्यालयहरूमा आवद्ध स्वास्थ्य स्वयंसेविकादेखी १२ तहका स्वास्थ्यकर्मीहरूसम्म, प्राविधिक शिक्षा लिएका स्वास्थ्यकर्मीदेखि उच्च पदस्य प्राध्यापकसम्म विभिन्न स्वास्थ्य व्यवसाय गर्ने स्वास्थ्य व्यवसायीहरूदेखि औषधी उत्पादन गर्नेसम्महरू महासंघमा आवद्ध रहेको केन्द्रीय उपाध्यक्ष शिव केसीले जानकारी दिए ।
यसैगरी देशभर व्यक्तिगत रूपमा स्वास्थ्य पेशामार्फत जनतलाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलगायत जनयुद्धको बेला युद्धमोर्चामा सामेल स्वास्थ्यकर्मीहरू समेत यस संस्थामा आवद्ध भएको बताइइन्छ । यसैबिच महाधिवेशनको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्