दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने «

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो । दसैंको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सवको आयोजना हुनेछ । उक्त कन्सर्टमा दि एज ब्यान्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्यान्डलगायतका कलाकारहरूले प्रस्तुति दिनेछन् ।
कार्यक्रममा बोल्दै पार्टी नेपालका गुरुङले सांगीतिक कार्यक्रमले युवा वर्गमा दसैंको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौँदेखि थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको बताए । उनले दसंै महोत्सवको टिकटक प्रतिष्पर्धासमेत राखिएको र यसमा उत्कृष्ट १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेस्टुराँमा डिनर प्याकेज, भिआइपी एक्सेसलगायत पुरस्कारहरू प्रदान गरिने बताए ।
कन्सर्टको आयोजना पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटीएम लाइभ तथा अपट्रेन्डली मिडियाको संयुक्त आयोजनामा हुन लागेको हो । कन्सर्टमा २० हजारभन्दा बढी दर्शक उपस्थित हने आयोजकले अपेक्षा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्