टुबोर्ग आर्थर गन् होम कमिङ टुर जारी

आर्थर गन् नामले प्रचलित गायक दिवेश पोखरेलले आफ्नो टुबोर्ग होम कमिङ टुर कोक्लब प्लाटिनम काठमाडौं, लाइम एन् लेमन लाउन्ज चितवन र रोलिङ स्टोन्स पोखराको व्यापक सफलतापछि गत बुधबार पनि लर्ड बुटवलमा उक्त टुरलाई भरपुर दर्शकहरु माझजारी राखेका छन् ।
कार्यक्रममा उनले ‘के पीर पर्यो तिमीलाई’ गीतबाट सुरु गरेका थिए । ‘लभ ईज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता उनका लोकप्रिय गीतहरुले दर्शकको निकै ताली पायो । समग्रमा दर्शकहरुले आर्थरका नेपाली र अंग्रेजी गीतहरुको मजा लिए ।
आफ्नो टुरको उद्घाटनमा काठमाडौं, चितवन, बुटवल र पोखराका दर्शकरुको अपार माया र समर्थन पाएपछि आर्थरले धरान, बिर्तामोड र कीर्तिपुरमा प्रत्यक्ष प्रस्तुति दिने आयोजकले जनाएको छ ।
सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आईडल १८औं सिजन’ को एक हिस्सा बनेपछि आर्थर गन्को लोकप्रियता बढ्यो । प्राय दर्शकहरुले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्छन् । जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियर वाटर रिभाइभलको ह्याब् यु एभर सिन द रेन नामक गीतहरु गाएका थिए ।
टुबोर्गको संगीतसँग गाढा सम्बन्ध रहेको छ र टुबोर्गले नेपालमा आफ्नो सुरुवातदेखि नै नेपाली संगीत क्षेत्रको उत्थानका लागि समर्थन गर्दै आएको छ । त्यसैले सोही प्रवृत्तिलाई निरन्तरता दिँदै टुबोर्ग यस टुरको शीर्ष प्रायोजक रहेको छ ।
गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, “टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ । टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ । सोही समर्थनलाई निरन्तरत ादिँदै आर्थर गन्सँग आबद्ध हुन पाउँदा निकै गर्व महसुुस गरेका छौं किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीत प्रेमीलाई गौरवान्वित बनाएका छन् ।”