प्यारासुट नेचुरल स्याम्पुको ‘संगीसँग तीज’ कार्यक्रम
प्यारासुट नेचुरल स्याम्पुले ‘संगीसँग तीज’ नामक तीज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम स्याम्पुको एक महिने लामो ‘श्रावण विथ संगी’ नामक मार्केटिङ अभियानको विस्तारित रूप हो ।
कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पुर्याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट गर्न तथा महिला सम्बन्धलाई प्रगाढ बनाउने ध्येयका साथ गरिएको थियो ।
प्यारासुट नेचुराल स्याम्पुको ब्राण्ड एम्बास्डर, आँचल शर्माको विशेष आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विभिन्न रमाइला गतिविधिहरू समावेश गरिएको थियो । कार्यक्रममा थप रोमाञ्चकता थप्नका निम्ति कपाल बाट्ने, चुरा मिलाउनेजस्ता प्रतियोगिताहरूको आयोजना गरिएको थियो ।