युवा उद्यमशीलता सिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक «

युवा उद्यमशीलता सिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक

सरकार र निजी क्षेत्रको साझेदारीमा २८ भदौमा काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ ।
राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको उपस्थितिमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेबीच टाइटल स्पोन्सरका लागि बिहिवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
‘आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता’ भन्ने नाराका साथ आयोजित सम्मेलनले युवालाई उत्पादन र स्वरोजगारसँग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।
समझदारी समारोहमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५७ वर्ष पहिला स्थापना भएको बाणिज्य बैंक युवाहरुलाई उद्यमी बनाउन आवश्यक बिँउ पुँजी, तालीम र यस्ता खाले सम्मेलनमा सधै साथमा रहने प्रतिवद्धता व्यक्त गरे । पहिलो सिखर सम्मेलनमा समेत मुख्य प्रायोजक रहेको बताउँदै यो सम्मेलनले देशभरका युवाहरुमा वित्तीय साक्षरता, बैकिङ पँहुच अभिबृद्धि र बलियो राष्ट्रियस्तरको सञ्जाल स्थापना हुने बिश्वास ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्