वृज सिमेन्टको नि:शुल्क स्वास्थ्य शिविर «

वृज सिमेन्टको नि:शुल्क स्वास्थ्य शिविर

वृज सिमेन्ट इण्डष्ट्रिजले साउनको अन्तिम सोमबारको अवसर पारेर पशुपतिनाथमा नि:शुल्क स्वास्थ्य शिविर सेवा सञ्चालन गरेको छ ।
सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनलाई नि:शुल्क खानेपानी, फलफूल जुसलगायतका सेवा प्रदान गरेको कम्पनीले पशुपतिनाथमा भक्तजनको नि:शुल्क स्वस्थ्य परीक्षणसमेत गरिएको हो ।
स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करीब २००० दर्शनार्थीले सेवा लिएका थिए । लायन्स एण्ड लियो क्लब अफ काठमाडौं चाबहिल, वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्