शौर्य सिमेन्टले ‘एक पिल्लर मलाई योजना’ «

शौर्य सिमेन्टले ‘एक पिल्लर मलाई योजना’

शौर्य सिमेन्टले मेची, कोसी, जनकपुर, सर्लाही, र महोत्तरी जिल्लामा‘ एक पिल्लर मलाई’ अभियान ल्याएको छ । पोखरा, चितवन, सिराहा, उदयपुर र सप्तरीमा सफलतापछि ग्राहकको सन्तुष्टि, बृहत सहभागिता र मागलाई मध्यनजर गर्दै सो अभियान विस्तार गरिएको कम्पनीले जनाएको छ ।
यस योजनाअन्र्तगत कुनै पनि नयाँ आवासीय भवन निर्माण गर्दा शौर्य सिमेन्टका प्राविधिक प्रतिनिधिद्वारा ग्राहककै निर्माण स्थलमा गई शौर्य सिमेन्टको प्रयोग नि:शुल्क एक पिलरको कासटिंग गरिनेछ । पिलर कासटिंग गरेको एक साता पछि प्राविधिकले नि:शुल्क भारवहन क्षमता परीक्षण गरी परीक्षणको प्रमाण पत्र हस्तान्तरण गर्ने बताइएको छ ।
यस योजनामा सहभागी हुन विज्ञापनमा दिइएको क्यूआर कोर्ड स्क्यान गरी वेबसाइटमार्फत फारम भनुपर्ने बताइएको छ । शौर्य सिमेन्टले हाल ४३ ग्रेड ओपीसी, ५३ ग्रेड ओपीसी र पीएस्सी सिमेन्ट उत्पादन गर्दै आएको छ । यसले दैनिक ७० हजार बोरासहित ३५०० मेट्रिक टन उत्पादनको क्षमता राख्दछ ।

प्रतिक्रिया दिनुहोस्