राष्ट्रिय बिमा संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण «

राष्ट्रिय बिमा संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण

राष्ट्रिय बिमा संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण हुने भएको छ । आइतबार बसेको संघीय संसदको प्रतिनिधिसभाबाट बिमा विधेयक, २०७९ पारित भएसँगै बिमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको हो ।
राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ को खारेजसँगै अब बिमा विधेयक, २०७९ लागू हुने भएको छ । अन्य बिमा कम्पनीहरु बिमा ऐन, २०४९ अनुसार सञ्चालनमा रहेपनि एक मात्र राष्ट्रिय बिमा संस्थान बिमा विधेयक, २०२५ अनुसार सञ्चालनमा रहँदै आएको छ ।
आइतबारको प्रतिनिधिसभाको बैठकले सो बिमा विधेयक खारेज गर्दै बिमा विधेयक, २०७९ लागू गर्न सर्वसम्मत निर्णय पारित गरेको हो । योसँगै अब राष्ट्रिय सभाबाट सो विधेयक पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भई लागू हुनेछ । विधेयक पारित भएसँगै विधेयकमा भएको व्यवस्था अनुसार राष्ट्रिय बिमा संस्थान एक वर्ष भित्र पब्लिक लिमिटेडमा रुपान्तरण हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्