Logo

नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय

नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा सक्रिय हुन थालेको पाइएको छ । उनीहरुले नक्कली पसलको नाम राखी ठगी गर्ने गरेकोसमेत पाइएको नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष मोहनकाजी शाक्यले बताउँछन् । उनका अनुसार यस्तो गिरोहले नक्कली पसल खडागरी त्यसैको नाममा बिलसमेत बनाएर नक्कली गरगहनालाई सक्कली भन्दै बिक्रीवितरण गर्ने गरेको पाइएको छ ।
ललितपुर सुनचाँदी व्यवसायी संघको एक प्रतिनिधिमण्डलले बुधबार महासंघमा सो विषयमा जानकारी गराउँदै यस्ता गविविधिवाट सतर्क रहन सम्पूर्ण सुनचाँदी व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ ।
नेपाल सुनचाँदी ब्व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले अवैध धन्दामा सक्रिय गिरोहको बारेमा महासंघका जानकारी आएको बताउँदै यस्तो गिरोहबाट जोगिन व्यवसायी तथा उपभोक्तालाई आग्रह गरे ।
पछिल्लो समय यसरी नक्कली बिललगायतका कागजात बनाई नक्कली सुनको कारोबार गर्ने गिरोह सक्रिय छ । यस्तो गिरोहले ललिपुर सुनचाँदी व्यवसायी संघको सदस्य रहेको भन्दै बनेपालगायतका स्थानमा नक्कली गरगहना बिक्री गर्दै हिँडेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्