भायानेटको नयाँ शाखा बाराको महेन्द्रनगरमा «

भायानेटको नयाँ शाखा बाराको महेन्द्रनगरमा

भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ ।
आफ्नो ग्राहकका लागि समय–समयमा विभिन्न योजना सञ्चालन गर्ने भायानेटका योजनाबाट अब महेन्द्रनगरका सर्वसाधारण पनि लाभान्वित हुने कम्पनले जनाएको छ । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनामार्फत सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् ।
यसै सन्दर्भमा महेन्द्रनगरमा सेवा विस्तार भएको खुसीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको छ । यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि नि:शुल्क पाउनेछन् ।
यो सुविधा भने कम्पनीले सीमित अवधिको लागि ल्याएको जनाएको छ । भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपी टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आईएसओ ९००१:२०१५ प्रामाणिक कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्