मह अभिनित चलचित्र ‘महापुरुष’ मा शिवम् सिमेन्टले सहकार्य गर्ने «

मह अभिनित चलचित्र ‘महापुरुष’ मा शिवम् सिमेन्टले सहकार्य गर्ने

नेपाली कथानक चलचित्र ‘महापुरुष’ मा आर्थिक तथा प्रवद्र्धनात्मक क्षेत्रमा शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ ।
उक्त सहकार्यका लागि सिमेन्ट लिमिटेड र षट्कोण आर्टस्बीच मंगलबार एक सम्झैतापत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाइस प्रेसिडेन्ट, केपी रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डिजिएम मार्केटिङका केशव अर्याल तथा षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविन्द्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्रीलगायतका लाकार उपस्थित थिए ।
११ कात्तिकमा रिलिज हुने सो चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरू रहेका छन् भने चलचित्रको लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका हुन् । शिवम् सिमेन्टले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारीलगायतका चलचित्रहरूमा समेत सहकार्य गरेको थियो ।
कम्पनीले आफूप्रतिको भरोसालाई मजबुत पार्दै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन लगायतका क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्