जन्म दिनमा छोरीलाई बिमा पोलिसी उपहार «

जन्म दिनमा छोरीलाई बिमा पोलिसी उपहार

छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनी देवी चौधरीले जीवन बिमा गराएकी छन् ।
जिल्लाको गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्स्योरेन्स अत्तरिया शाखामा दस लाखको गुराँस जीवन श्री सावधिक तथा आजीवन बिमा गराएकी हुन् ।
फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बिमा गराएको भौनी चौधरीले बताइन् । उनले फजुल खर्च गर्नुभन्दा पनि जीवनको सुरक्षा तथा बचतको लागि सबैलाई जीवन बिमा गर्न आग्रह गरिन् ।
गुराँस लाइफ इन्स्योरेन्स अत्तरिया शाखाका प्रमुख गजेन्द्रबहादुर भण्डारीले जन्मदिनको शुभकामना दिँदै आउने दिनमा पनि यसरी बचत हुँदै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्