१४८ मेनपावरबाट ७४ लाख जरिवाना असुल
बिना सूचनाना गुपचुप श्रमिक पठाउने मेनपावर कारबाहीमा

मेनपावर कम्पनीले कानुनअनुसार सूचना प्रकाशित नगरी श्रमिक भर्ना गर्ने र पूर्वस्वीकृति नलिई विदेश पठाइ ठगी गरेको पाईएको छ ।
विदेशी रोजगारदाताको माग अनुसार प्रतिस्पर्दाका आधार सीपयुक्त युवा छनोट गर्न राष्ट्रिय दैनिकमा सूचना प्रशाशित गर्नुपर्ने सोअनुसार नगरी चर्को सेवा शुल्क लिई युवा छनोट गरेका हुन् । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनको दफा ४९ अनुसार श्रमिक भर्ना गर्ने प्रक्रियामा विज्ञापन प्रकाशन नगरे कानुनअनुसार त्यस्तो मेनपावरलाई ५० हजार जरिवाना गरी विज्ञापन रद्द गर्नुपर्ने प्रावधान रहेका जनाएको छ ।
विभागका महानिर्देशक शेषनारायण पौडेल भर्नासम्बन्धी सूचना राष्ट्रिय दैनिकमा प्रकाशन नगरी श्रमिकको प्रक्रिया अघि बढाएका १४४ मेनवार र पूर्वश्रम स्वीकृति नलिई भर्ना प्रक्रिया अघि बढाउने ४ मेनपावरलाई प्रति मेनपावर ५० हजार जरिमाना गरेको बताए । विभागले यसरी पूर्वस्वीकृति बिनाश्रमिक भर्ना गर्ने र पूर्व श्रम स्वीकृति लिए पनि सूचना प्रकाशित नगर्ने मेनपावरबाट ७४ लाख रुपैया जरिवाना भराएको जनाएको छ ।
ऐनअनुसार मेनपावरले रोजगारदाता संस्थासँग भएको सम्झौता वा सहमतिका आधारमा वैदेशिक रोजगारमा कामदार पठाउनु पूर्वरोजगारदाता संस्थाको नाम, ठेगाना र कामदार पठाउने मुलुक, वैदेशिक रोजगारको किसिम, कामदारको किसिम र संख्या, कामदारले पाउने तलब सुविधासहितको जानकारीसहित सूचना प्रकाशित गर्नुपर्ने छ । यसैगरी सूचनामा बिदा, कामदारले काम गर्नुपर्ने दिन र समय, वैदेशिक रोजगारमा जाने मुलुकको आधिकारिक निकाय वा कूटनैतिक नियोग वा भ्रम सहचारी वा चेम्बर अफ कमर्स वा नोटरी पब्लिकबाट प्रमाणित गरिएको मागपत्र र अख्तियार नामाको सक्कलप्रति, रोजगारदाता संस्था र कामदारबीच हुने करारको प्रतिलिपि, इजाजतपत्रवाला र कामदारबीच हुने करारको प्रतिलिपि हुनुपर्ने छ ।
ऐनअनुसार विभागबाट स्वीकृति प्राप्त भएपछि इजाजतपत्रवालाले तोकिए बमोजिमको विवरण खुल्ने गरी कामदार छनौट गर्न नेपाली भाषामा प्रकाशन हुने कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद दिई विज्ञापन प्रकाशन गर्नुपर्नेमा सो नगरेको विभागको भनाई छ । यसरी प्रकाशित भउको सूचना सम्बन्धित इजाजतपत्रवालाले आफ्नो कार्यालयको सूचना पाटीमा टाँस गरी सो सूचनाको एकप्रति सोही दिन विभाग समक्ष समेत पेस गर्नुपर्ने उल्लेख छ ।
आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आवमा मेनपावरमार्पmत वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै विकृतिका घटनासमेत बढेको पाइएको छ । अघिल्लो वर्ष ३७ हजार ४७२ श्रमिक मेनपावर मार्पmत वैदेशिक रोजगारीमा गएकोमा गत वर्ष वृद्धि भएर ३ लाख ८ हजार २३१ पुगेको छ । बिगत २ कोभिडका कारण सयौं मेनपावरले एक जना पनि श्रमिक विदेश पठाउन सकेका थिएन ।
वैदेशिक रोजगार विभाग ताहचलले कोभिड संक्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम बढेसँगै इजाजतवाला (मेनपावर कम्पनी) ले गत वर्ष ठूलो संख्यामा श्रमिक विदेश पठाएको जानकारी दिए । अघिल्लो वर्ष साउन र भदौमा कुनै पनि मेनपावर युवा विदेश पठाउन पाएका थिएनन । अघिल्लो आर्थिक वर्ष खाडी तथा मलेसियाको विकलपमा नयाँ श्रम गन्तव्यको खोजी गर्न नसक्दा २५१ मेनपावरको कारोबार नै शून्य भएको समेत भएको थियो । गत आवमामा ८७२ मेनपावर मध्ये ६१ मेनपावरले एक जना पनि श्रमिक विदेश पठाउन नसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।