महासंघको भिजन पेपरसँग सम्झौता गर्दै सरकार

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर २०३० सँग सरकारले सम्झौता गर्ने बताएका छन् ।
मन्त्री बडूले उद्योग वाणिज्य महासंघले निकालेको भिजन पेपर २०३० ले औंल्याएका केही विषयमा सरकारले आगामी हप्ता सम्झौता गर्ने तयारीमा रहेको बताए । उनले नेपालको लजिष्ट्रिक नीति अन्तिम चरणमा पुगेको बताए । “अन्तर्राष्ट्रिय व्यापार सहजिकरणको लागि नीतिगत क्षेत्रमा समेत निरन्तर काम भइरहेको छ” उनले भने ।
उनले सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजिकरणका लागि नीतिगत क्षेत्रमा समेत निरन्तर काम गरिरहेको बताए । मन्त्री बडूले मल्टिमोडल ट्रान्सफर एक्टको समयसापेक्ष संशोधन तथा नियमावली तत्काल जारी गर्ने प्रतिवद्धता जनाए ।
“मल्टिमोडल ट्रान्सफर एक्टको समय सापेक्ष संशोधन तथा नियमावली यथाशीघ्र जारी गरिने छ” उनले भने, “यो मस्यौदा निर्माण गर्ने कार्यमा नेफो सक्रियताप्रति धन्यावाद दिन चाहन्छ ।”
उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले छिटै लजिष्ट्रिक नीति कार्यान्वयनमा ल्याउने चरणमा पुगेको बताए । उनले मन्त्रालयले व्यापार सहजिकरण गर्न अन्य पूर्वाधार निर्माणको काम पनि गरिरहेको बताउनु भयो । सचिव पोखरेलले चालु आर्थिक वर्षमा उत्पादन बढाएर निर्यात गर्न सरकारले प्रधानमन्त्री नेपाली उत्पादन अभिवृद्धि र फार्म टु फ्याक्ट्री कार्यक्रम ल्याएकाले कार्गो व्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्ने बताए ।
“चालु आर्थिक वर्षमा दुईवटा ठूला कार्यक्रमहरु प्रधानमन्त्री नेपाली उत्पादन अभिवृद्धि र फार्म टु फ्याक्ट्री कार्यक्रम ल्याएका छौं” उनले भने, “नेपालमा कृषि र वनजन्य उत्पादनहरुलाई एक चरण प्रशोधन गरेर निर्यात गरौं भन्ने अभियानका हिसाबले फार्म टु फ्याक्ट्री कार्यक्रम ल्याएका हैं । यसमा बसै व्यवसायीहरुको साथ पाए सफलता पाउनेछ ।
सचिव पोखरेलले सरकारले व्यापार सहजिकरण गर्न निर्माण गरेका पूर्वाधारहरुका विषयमा सरकार समीक्षा गर्न तयार रहेको भन्दै तयार भएका पूर्वाधारहरुको पूर्ण प्रयोग गर्न व्यवसायीलाई आग्रह गरे ।