व्यवसाय तथा लगानी सहजीकरणमा जोड «

व्यवसाय तथा लगानी सहजीकरणमा जोड

अमेरिकी दूतावासले नेपालमा ‘व्यवसाय तथा लगानी सहजीकरण कार्यशाला’ गोष्ठी आयोजना गरेको छ । उक्त गोष्ठी नेपालको व्यावसायिक वातावरण र लगानीसम्बन्धी नीतिगत छलफलमा केन्द्रित थियो ।
कार्यक्रममा उद्यमी, कार्यकारी पदाधिकारी, व्यावसायिक संघका प्रतिनिधि, विकास संस्था, प्रबुद्ध समूह तथा सरकारी अधिकारीलगायत नेपालको दिगो आर्थिक विकास प्रवद्र्धनका सरोकारवालाको उपस्थिति थियो । उक्त कार्यक्रमले काठमाडौंस्थित अमेरिकी दूतावासलाई नेपालमा अमेरिकाको बढ्दो व्यावसायिक लगानी र संलग्नताप्रति समर्थन प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको थियो ।
कार्यवाहक राजदूत म्यानी पी. मिक्कलरले भने, “अन्य धेरै देशजस्तै नेपालको आर्थिक विकासमा पनि परिवर्तनको प्रमुख सम्वाहक निजी क्षेत्र हो, जसले रोजगारी सिर्जना गर्छ र राष्ट्रिय आयमा सर्वाधिक योगदान पुर्‍याउँछ ।”

प्रतिक्रिया दिनुहोस्