नेप्से परिसूचक ४४.८० अंकले गिरावट «

नेप्से परिसूचक ४४.८० अंकले गिरावट

मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको नेप्से परिसूचक मंगलबार उच्च अंकले गिरावट आएको छ ।
मंगलबार नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.९९ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ३.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३२ अंक घटेको छ ।
मंगलबार कारोबारमा आएका २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर ९९ लाख ४४ हजार ४८ कित्ता सेयर ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ४ अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
नेप्सेका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स, ब्यापार र अन्य उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ । अन्य बाँकी सबै उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।
नेप्सेमा गिरावट आए पनि मल्टिपर्पस फाइनान्सको सेयरमूल्य ९.३२ प्रतिशतले बढेको छ भने सूर्योदय वमी लघुवित्तको ६.७२ प्रतिशत,युनाइटेड मोदि हाइड्रोपावरको ६.१९ प्रतिशत र समृद्धि फाइनान्सको ३.२३ प्रतिशतले बढेको छ । यता गणपति लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशतले घटेको छ ।
मंगलबार पनि शिवम सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अरुण काबेली हाइड्रोपावरको १५ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्