Logo

सरोज र शिशिर अभिनित गीत ‘बुवा’ सार्वजनिक

गायक नरेन्द्रवल्लव पन्तको गीत ‘बुवा’ सार्वजनिक भएको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । गीत गायक पन्तका पिता नारायणवल्लभ पन्तको सम्झनामा निर्माण गरिएको हो । यसै अवसरमा नारायणवल्लभ पन्त फाउन्डेसन पनि शुभारम्भ गरिएको छ । गीतको भिडियोमा अभिनेता रोज खनाल, नायक शिशिर भण्डारी, एलिस खनाल, रोमन दंगाल, गीता थापालगायतका कलाकारको अभिनय छ । बालकलाकारको रूपमा दियान गौतम छन् भने संगीत संयोजन शैलेन्द्रबाबु प्रधानले गरेका छन् । त्यस्तै गीतलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।
कार्यक्रममा बोल्दै अभिनेता सारोज खनालले यो गीतमा अभिनय गर्न आफ्ना लागि ठूलो चुनौती भएको बताउनु भयो । त्यस्तै गायक नरेन्द्रवल्लव पन्तले भिडियोबाट आउने कमाइ फाउन्डेसनमार्फत सामाजिक काममा खर्च गरिने बताए । त्यस्तै निर्देशक सुव्रत आचार्यले अभिभावक गुमाएपछि धेरै कुराहरू सोच्न बाध्य गराउने बताए । पिताको अवसानपछि सल्लाह लिने कुरा कोसँग गर्ने भन्ने कुराको चिन्ता लागेको बताए । त्यस्तै नायक शिशिर भण्डारीले सम्झनलायक काम गर्न पाएकोमा खुसी लागेको बताए ।
नायक भण्डारीले परिवारमा आमाबुबाको महत्व देखाइएकाले पनि गीत राम्रो बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्