साइमन बिष्टलाई नयाँ मुकुट प्रदान «

साइमन बिष्टलाई नयाँ मुकुट प्रदान

रयाप गायनमा आधारित रियालिटी शो नेपहपको श्रीपेचका विजेतालाई श्रीपेच मुकुट प्रदान गरिएको छ ।
मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन) लाई नेपहपको श्रीपेच प्रदान गरेका हुन् । शोका जजसमेत रहेका मेयर साहले पञ्चधातुबाट निर्मित मुकुट प्रदान गरेका छन् ।
यसअघि ग्रान्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको छ । यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरूले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो ।
कार्यक्रममा बोल्दै विजेता साइमनले नेपालको फस्र्ट रयाप रियालिटी शो जित्न पाउँदा खुसी लागेको बताए । यसअघि लगाएको श्रीपेच केही विवादका कारण नयाँ प्रदान गरिएको र मुकुट पाएकोमा खुशी लागेको बताए ।
अहिले प्रदान गरिएको श्रीपेच अन्तर्राष्ट्रिय हिपहपहरूले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्