Logo

नेप्से परिसूचक १६.२७ अंकले वृद्धि

नेप्से परिसूचक पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक १६.२७ अंक बढेर २०४५.६९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ ।
मंगलबार कारोबारमा आएका २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता सेइर २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ । सोमबार सेइर १ अर्ब ३१ करोड ९६ लाख २९ हजार ९६० रुपैयाँ बराबरको नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेका छन् । जसमध्ये वित्त उपसमूहको परिसूचक २.७० प्रतिशत बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
नेप्सेसँगै मंगलबार इमर्जिङ्ग नेपालको सेइरमूल्य सबैभन्दा बढी ८.०१ प्रतिशत बढेको छ । त्यस्तै, गणपति लघुवित्तको सेइरमूल्य करिव ७ प्रतिशत बढेको छ । तर यता, सिभिल बैंकको ऋणपत्रको मूल्य ७.७५ प्रतिशत घटेको छ । मंगलबार शिवम सिमेन्ट १५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको सेइर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्