भारतद्वारा विपद् रोकथाम सामग्री हस्तान्तरण

नेपाललाई भारत सरकारले प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने ¥याफ्टिङ, त्रिपाललगायतका सामग्री सहयोग गरेको छ ।
शुक्रबार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने ¥याफ्टिङ, त्रिपाललगायतका सामग्री हस्तान्तरण गरेका हुन् । भारतले तीन हजार टेन्ट्स, १० इन्प्लेटिबल रबराईज बोट्सलगायतका विपद्का बेला प्रयोगमा आउने विभिन्न सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल र भारत मिलेर नै प्राकृतिक विपद्का घटनाको सामना गरिरहेको निरन्तर सहयोगको अपेक्षा गरेको बताए । उनले भू–क्षय, बाढीका कारण नेपालमा हुने गरेको क्षतिमा भारत सरकारको सहयोग महत्वपूर्ण रहेको भन्दै नेपाल र भारत सरकारबीचको सम्बन्ध सुमधुर रहेको बताए ।
त्यस्तै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले वर्षाको बेला भारत र नेपालमा प्राकृतिक विपद्का घटना धेरै हुने गरेकाले विपद्पूर्व नै तयारीका लागि सामान हस्तान्तरण गरेको बताए । उनले प्राकृतिक विपद्का घटना न्यूनीकरणका लागि आगामी दिनमा पनि नेपाल र भारत मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।
राजदुत श्रीवास्तवले विपद्को सामना गर्नका लागि आवश्यक क्षमता विकास गर्न पनि भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।