५३ महिलालाई रयाप्टिङको तालिम प्रदान «

५३ महिलालाई रयाप्टिङको तालिम प्रदान

जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना अन्तर्गत ५३ जना महिलालाई रयाफ्टिङको तालिम प्रदान गरिएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका कारण सम्पूर्ण पर्यटन क्षेत्रमा रहेका जनशक्तिलाई जीवनयापनमा नै समस्या भएपछि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा अल्पकालीन रोजगारी तथा आयआर्जनको अवसरहरु सिर्जना गर्ने गरी जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजन सञ्चालनमा ल्याएको हो । ¥याफ्टिङको लागि नेपालको त्रिशुली, भोटेकोशी, कालीगण्डकी, कर्णाली र मस्र्याङ्दी नदी छनोट गरिएको छ । सोही नदीमा तालिम दिएर आगामी दिनमा सोही स्थानमा रोजगारी प्रदान गर्न परियोजनाको लक्ष्य गरेको जनाइएको छ । पर्यटन क्षेत्रमा संलग्न हजारौं अग्रपंक्तिमा कार्यरत जनशक्तिहरु विशेषतः महिला तथा पिछडिएका वर्ग तथा समूहहरुलाई यसले अझ वढी प्रभाव पारेको भन्दै परियोजनाले महिलाहरुलाई ¥याफ्टिङको तालिम प्रदान गरेको हो ।
केही मात्रामा भए पनि राहत दिने लक्ष्यका साथ परियोजनाले रोजगार र आयआर्जनका अवसरहरु गुमाएका पर्यटन क्षेत्रका श्रमिक या मजदुरहरुलाई तालिम दिएको हो । प्रमुख पर्यटकीय गन्तव्यस्थलहरुका पर्यटकीय सम्पदाहरुको सम्वर्धन र विकासका कार्यक्रम मार्फत पर्यटन उद्यमी र श्रमिकहरुको लागि रोजगार र आयआर्जनका अवसरहरुमा यस तालिम मार्फत अल्पकालिन रोजगारका अवसरहरु प्राप्त गर्न लागिएको परियोजनाले जनाएको छ ।
नेपालका मुख्यमुख्य पर्यटकीय क्षेत्रमा रहेका अति प्रभावित १ हजार ६ सय पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई पर्यटकीय क्षेत्रहरुको सरसफाइ, पैदल मार्गमा रहेका पुल पुलेसाहरुको मर्मत सम्भार, पैदलमार्गका सिँढी मर्मत तथा सम्भार, संकेत चिन्हहरुको स्थापना तथा मर्मत सम्भार लगाएतका कार्यमा संलग्न गराई वर्षको ४० दिन बराबरको रोजगारीको अवसर प्रदान गर्ने जनाएको छ । ७ प्रदेशका सय पर्यटन व्यवसायीहरुलाई सीपमूलक पर्यटन तालिम दिई उनीहरुको व्यावसायिक दक्षता बढाउन लागिको हो ।

प्रतिक्रिया दिनुहोस्